News Portal

  • हेटौंडामा प्रहरीको गाडी दुर्घटना, दुई वटा मोटरसाइकलमा क्षती

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    युवा राई/हेटौंडा – हेटौंडाको बुद्धचोकमा बुधबार साँझ प्रहरीको बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट बुद्धचोकतर्फ आउँदै गरेको प्रहरीको गाडीले ना ४९ प ११९ र बागमती प्रदेश ०३-००५ प ३०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले प्रहरीकै गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको बताए । उनीहरुको उपचार भइरहेको प्रवक्ता कार्कीले हिमालीसंचारडटकमसंग बताए। घाइतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए। 

    प्रत्यक्षदर्शीका अनुसार तिब्रगतीमा आएको प्रहरीको गाडीले नियन्त्रण गुमाउँदै मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिने प ०३-००१ झ ०१२३ नम्बरको जिल्ला प्रहरी कार्यालय मकवनपुरको गाडी रहेको बताईएको छ । तर, पुष्टि हुन भने बाँकी रहेको छ ।

    प्रहरीको गाडीले दुई वटा मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीय आक्रोसिस भएका थिए। स्थानीयहरुले घटनास्थल र जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी नाराबाजी गर्दै पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका  थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...

    सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

    काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका...