रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले २ सय ३४ केजी गाँजा सहित ५ जना युवा पक्राउ गरेको छ ।
प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकमा रहेको गँहुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत वडा नं. ६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा, जिल्ला अररिया हाँसा पञ्चायत बस्ने ३० बर्षीय सिन्टुक कुमार सिँह, भारत कुटहरा बस्ने २४ वर्षीय प्रविन पासवान र कटापुर बस्ने २४ वर्षीय बिष्णुकान्त मिश्र रंगेली नगरपालिका वडा नम्वर ३ रञ्जनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीलाई रंगेली प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट लागू औषध गाँजा २ सय ३४ केजी सहित नियन्त्रणमा लिएको र लागू औंषध ओसार पोसार अन्तर्गत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले हिमालीसंचारडटकमसंग बताए ।