News Portal

मोरङको रंगेलीमा वडास्तरीय समिक्षा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२६६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ ले वडास्तरीय समिक्षा तथा अभिमुखिकरण कार्यक्रम नगरको सभाहलमा सम्पन्न गरेको  छ ।

न्यायिक समितिको अधिकार र क्षेत्र भित्र रहेर गर्नुपर्ने काम र कर्तव्यका बारेमा समेत जानकारी गराएका थिए । न्यायिक समितिकोले गर्नुपर्ने सामाजिक दृष्टिकोणबाट महत्व रहेको र  निर्वाचित प्रतिनिधिको प्रयास र आपसी समझदारीमा विवाद निरुपण गर्ने, सामाजिक सद्भाव, मेलमिलाप र शान्ति कायम राख्ने, आर्थिक दृष्टकोणबाट अदालत धाउने क्रममा हुने आर्थिक व्ययभार, अनुत्पादक खर्च, दुःख, हैरानीबाट उन्मुक्ति दिनुपर्ने,  छिटो छरितो न्याय, दीगो न्याय, मेलमिलाप र समझदारी, सब सामाजिक र पारिवारिक सम्बन्ध विभिन्न समस्या र चुनौतीका बाबजूद न्यायिक समितिको भूमिकामा समेत महत्त्वपूर्ण हुने   लगायतका बिषयमा समेत जनाकारी गराएका थिए ।

न्यायिक समितिको अवधारणाका बारेमा अधिवक्ता डिल्ली दाहालले सहभागीहरुलाई प्रक्षिण समेत दिएका थिए । आयोजित कार्यक्रमको प्रमुख अतिथि उपमेयर भुमा पराजुली, अतिथि वडाअध्यक्ष रामचन्द्र मण्डल, सामुदायिक प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, स्थानीय पुनम सापकोटा, अनपुर्ण मण्डल, बुद्धिजीवी मोहन पौडेल, वडासचिव सर्मिला ठाकुर, न्यायिक समितिका पशुपति दास,  वडा  सामुदायिक मेलमिलाप केन्द्रका सदस्य जगरनाथ मण्डल, पुनम सापकोटा, दिनेश ठाकुर, विष्णु माया घिमिरे, अशोक राय, निरंजन प्रसाद दास, देवी मण्डल प्रकास कुमार साह  लगायतले मेलमिलाप केन्द्रका प्रतिनिधि लगायतको समेत सहभागि रहेको थियो। नगरले १ देखि ९ वटा नै  वडाहरुमा न्यायिक समिति स्थापना गरेको छ 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...