News Portal

धरान मेघाद्वारा बास्केटबल खेलाडीहरुलाई विदाई गऱ्यो

हिमालीसंचार संवाददाता
८८१ पटक

बिकाश चाम्लिङ राई/धरान – आगामी आइतबारदेखि काठमाडौमा शुरु हुन लागेको एलबिडिए थ्री वाइ थ्री ओपन पुरुष बास्केटबल प्रतियोगिता सहभागी हुन जान लागेका धरान मेघा कलेज बास्केटबल टिमलाई शुक्रवार धरान मेघा कलेजले बिदाई गरेको छ ।

ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा हुनलागेको बास्केटबल प्रतियोगितामा सुनसरीको प्रतिनिधित्व गर्दै धरान मेघा कलेजले सहभागिता जनाउन लागेका हुन । धरान मेघा कलेज टिममा प्रदेश नं. १ का बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, सर्बधन राई, कबिन मगर र सन्तोस तामाङ रहेको छ । 

भोली शनिबार काठमाडौ प्रस्थान गर्न लागेका खेलाडीहरुलाई शुक्रबार धरान मेघा कलेजले खदा लगाएर जितको शुभकामना दिएर बिदाइ गरेका हुन। आगामी चैत्र १२ गतेदेखि काठमाडौ त्रिपुरेश्वर कभर्डहलमा शुरु हुने प्रतियोगितामा सुनसरी र विराटनगरका जम्मा २४ टिमले सहभागिता जनाउने छन् ।

बिदाई कार्यक्रममा धरान मेघा कलेज प्राचार्य भाष्कर पौडेल, आइडल स्कुलका प्रिन्सीपल सागर खड्का, युवा नेता भिमज्वाला राई, प्रदेश नं. १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, प्रदेश नं.  १ महिला बास्केटबल खेलाडी तनु राई र एल्भिना गुरुङको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...