News Portal

संभोगपछि किन रुन्छन् महिलाहरु ?

हिमालीसंचार संवाददाता
६१४ पटक

मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ।

यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। तर तपाईलाई थाहा छ, सम्पर्कपछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले सम्पर्कपछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ।

क्वीन्सलैण्ड युनिभर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसँगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो। सहमतिमा सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन्।

२३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले संभोगपछि तनाव र निराश महसुस गरेका थिए। कयौं महिलाहरु सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन्। कुनै महिलामा यो समस्या धेरै र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो अवस्थामा सम्पर्कपछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ। तपाई जति रमाउन खोज्नुहुन्छ, त्यति नै सम्पर्कपछि पनि आफ्ना पार्टनरसँग समय विताउन जरुरी छ। यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...