News Portal

मेयर साम्पाङ विरुद्ध वडाध्यक्षहरु आन्दोलित, २४ घण्टे अल्टिमेटम दिए (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२५६ पटक

सन्जिब कोयी/धरान – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङले धरानका वडाध्यक्षहरूलाई स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयर विरुद्ध नगरपालिकाको प्रांगणमा पत्रकार सम्मेल गर्दै मेयर विरुद्ध आन्दोलित भएका छन्।

मेयर साम्पाङले स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गराएको विषयलाई वडाध्यक्षहरूले आफ्नो अपमान भएको ठहर गर्दै कार्यापालिको बैठकमा उपस्थित नहुने बताएका हुन्। आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर मेयर साम्पाङको गल्तिप्रति सार्वजनिक रूपमा माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम दिएका छन्। 

‘मेयर हर्कराज राई साम्पाङले निरन्तर हाम्रो मानमर्दन गर्ने र अशोभनीय व्यहार गरे,’ उनीहरूले भनेका छन्, ‘योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बुले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरूलाई निर्देशन दिएको घटना प्रति वडाध्यक्षहरुले आपत्ति जनाएका हुन्। 

केही दिनअघि स्वकीय सचिव लिम्बुले मेयर साम्पाङको आदेश भन्दै वडाध्यक्षहरूलाई योजना पेश गर्न निर्देशनात्मक पत्राचार गरेका थिए। वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मेयर साम्पाङले मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको समेत आरोप लगाएका छन्।

धरान वडा नं. १० का वडाध्यक्ष विवेक राईलाई मेयर साम्पाङले झुटो आरोप लगाएर स्पष्टीकरण सोधेको भन्दै वडाध्यक्षहरुले मेयर साम्पाङले आत्मालोचना गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। 

पछिल्लो समय मेयर साम्पाङले ‘स्वेच्छाचारिताको हद पार गर्दै स्वकीय सचिवमार्फत हामीलाई निर्देशन दिने कुरा कुनै पनि अर्थमा स्वीकार्य छैन,’ वडाध्यक्षहरूले भनेका छन्, ‘मेयरले निरन्तर गरिरहेको हाम्रो अपमानप्रति माफी माग्नुको विकल्प छैन।’ उनीहरुको आग्रह रहेका छन्।

 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...