News Portal

दिनहुँ संभोग गर्दा हुने ७ फाइदा

हिमालीसंचार संवाददाता
१०७३ पटक

काठमाडौं। यौन सम्बन्ध मानिसको जीवनको एउटा अभिन्न काम हो, जसलाई चाहेर पनि तपाईं नजरअन्दाज गर्न सक्नुहुन्न।

तपाईं चाहे विवाहित हुनुस् वा, अविवाहित सेक्ससँग जोडिएका स्वास्थ्य लाभका बारेमा थाहा हुन जरुरी छ। संभोग गर्दा चाहे महिला होस् वा, पुरुष दुवैलाई शारीरिक तथा मानसिक फाइदा प्राप्त हुन्छन्।

हालै एउटा अध्ययन गरिएको थियो जहाँ संभोगका दौरान हाम्रो शरीरमा केही क्यामिकल कम्पाउन्ड मस्तिष्कबाट रिलिज हुन्छन् जसले हाम्रो शरीरलाई आराम हुने संकेत प्राप्त हुन्छ। दिनहुँ संभोग गर्नाले शरीरमा कैयौं प्रकारका बिमारी निको हुन्छन्।

तपाईंको जीवन लामो हुनेछ। साथै तनाव पनि कम हुनेछ र मुटु सम्बन्धी रोगबाट पनि बाँच्न सकिनेछ। संभोग गर्नुका धेरै फाइदाहरु छन् आउनुहोस् जानौं।

संक्रमण भगाउँछ:-
संभोग गर्नाले शरीरमा हर्मोन तथा अन्य कम्पाउन्ड रिलीज हुन्छ जसले गर्दा संक्रमण कम हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ जसले गर्दा स्वतः संक्रमणबाट बच्न सकिन्छ।

राम्रो निद्रा:-
संभोगका बेला अक्सीटोसिन रिलीज हुन्छ जसले राम्रो निद्रा ल्याउनका लागि मद्दत गर्दछ।

हृदय बलियो बनाउँछ:-
दिनहुँ संभोग गर्दा शरीरका हरेक अंगमा रगतको संचालन राम्रोसँग हुन्छ, जसले हृदय पनि स्वस्थ रहन्छ। साथै अक्सीजनको सञ्चार पनि राम्रोसँग हुन्छ। हृदय स्वस्थ रहँदा तपाईं तनाव मुक्त रहनुहुन्छ।

बुढोपन टाढा भाग्छ:-
दिनहुँ संभोग गर्नाले अनुहारका चाउरीपना हट्दै जान्छ। राम्रो निद्रा पनि लाग्ने हुँदा छाला सुन्दर हुन्छ।

जीवन खुशी बन्छ:-
आफ्नो सही पार्टनर वा जीवन साथीसँग खुशीसाथ गरेको सम्बन्धमा नै यस्ता फाइदा हुन्छन्। अन्यथा यो गलत ठाउँमा गर्दा नकारात्मक असर मात्र गर्दछ।

स्वस्थ राख्छ:-
केहीबेर संभोग गर्नाले तपाईंलाई जीम जानु नपर्ने हुन्छ। संभोगका समयमा शरीरले जति व्यायाम गर्छ, त्यो लगभग ३० मिनेट जीममा व्यायाम गरे बराबरको हुन्छ। यस्ता फाइदा जानेर कुनै पनि बेला सेक्सको लागि उत्ताउलो हुनु भने हुँदैन। किनकी कुनै पनि कुरा गर्ने सही समय र उचित वातावरणमा गर्न आवस्यक हुन्छ।

हर्मोन सन्तुलित गर्छ:-
संभोग गर्नाले हर्मोन सन्तुलित हुन्छन्। महिलाले महिनावारी हुनुभन्दा एक हप्ता अगाडिदेखि संभोग गर्दा हर्मोन सन्तुलनमा राख्न सहयोग पुग्छ। महिलाको स्वास्थ्यका लागि पनि संभोग गर्नु एकदमै राम्रो हुन्छ। तर ध्यान दिनुहोला, संभोगमा माया तथा भावना हुन जरुरी हुन्छ। यदि संभोगका समयमा दुई जना मध्ये एक जनाको पनि रुची छैन भने यसले नराम्रो असर गर्दछ।

एजेन्सीको सहयोगमा।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...