News Portal

नाटक “कुमार मामा”का कलाकारहरुलाई होटल बेस क्याम्पमा ‘रिफ्रेसमेन्ट’ सहित सम्मान (भिडियो सहित)

विकास चाम्लिङ राई
२१५ पटक

विकास चाम्लिङ राई/धरान – सांस्कृतिक चेतनाको विस्तार, पुनर्जागरण, राज्यप्रतिको विद्रोह र अधिकारका लागि सांस्कृतिक लडाइँलाई विषयवस्तु बनाएर १४ दिनसम्म धरान-८ स्थित सभागृहमा मञ्चन भएको नाटक “कुमार मामा” को समापन गरिएको छ ।

गत फागुन १७ गतेदेखि मञ्चन सुरु भएको नाटक “कुमार मामा” बिहिबार अन्तिम पटक धरान-८ स्थित सभागृहमा मञ्चन गरिएको नाटक “कुमार मामा” नाटकका सम्पूर्ण कलाकारहरुलाई “रिफ्रेसमेन्ट” सहित मायाको चिनो प्रदान गर्दै धरान-४ स्थित रोल बेस क्याम्पमा समापन गरियो। 

नाटक “कुमार मामा”का कलाकारहरु विष्णु मोक्तानसँगै उदय बेघा लिम्बु, सजेस्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, करिस्मा छेत्री, एन्जल तामाङ लगायत कलाकारलाई विशेष सम्मान गरिको थियो। 

रङ्गभूमि एकेडेमीको प्रस्तुतिमा निर्माण गरिएको नाटकका कलाकारलाई नाटक “कुमार मामा”का लेखक जनकऋषि राई र निर्देशक विष्णु मोक्तानले “मायाको चिनो” सहित कलाकारहरुलाई सामुहिक रिफ्रेशमेन्ट गरिएको थियो। आयोजित कार्यक्रममा पत्रकार विकास चाम्लिङ राई, शिशिर राई, सन्जिव कोयी राई लगायतले धरान-४ स्थित होटल बेसक्याम्पमा आयोजित “रिफ्रेसमेन्ट” कार्यक्रममा कलाकारहरुको अभिनयको समग्र समिक्षा तथा प्रशंसा गरिएको थियो। 

धरान-८ स्थित सभा गृहमा १८औ पटक मञ्चन भएको नाटकमाथि स्थानीय साहित्यकार कविहरुले कविता रचना गरी वाचन गरेका थिए । त्यस्तै, नाटक “कुमार मामा” हेरिसकेपछि पात्र, परिवेश र प्रवृत्तिमाथि चित्रकारहरुले चित्र कोरेका थिए । 

लेखक तथा कथाकार जनकऋषि राईको कथासंग्रह ‘बस्तीभित्र’ को एउटा कथा “कुमार मामा” लाई नाट्य रुपान्तरण गरेर रंगकर्मी विष्णु मोक्तानले निर्देशन गरेका हुन् । कला, अभिनयको सुन्दर पक्षको आलोकमा नाटकले आदिवासी जनजातिमध्ये पनि किरात राई समुदायको सांस्कृतिक चेतनालाई उजागर गरेको छ। 

राज्यसत्ताले आदिवासी जनजातिको सांस्कृतिक संवेदनशीलतालाई नबुझ्दा समतामूलक समाज निर्माणमा कठिनाइ भइरहेको विषयलाई ज्यादै मार्मिक ढंगले नाटक “कुमार मामा” कलाकारहरुले प्रस्तुत गरेका थिए। धरान-४ स्थित होटल बेसक्याम्पमा ‘रिफ्रेसमेन्ट’ कार्यक्रम आयोजना गरिएको निर्देशक विष्णु मोक्तानले हिमालीसंचारडटकलाई जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...