News Portal

मिर्गौला पीडित दलबहादुरलाई बेलायतबाट पौने ५ लाख आर्थिक सहयोग

८११ पटक

कलेन्द्र सेजुवाल
सुर्खेत : मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् ।दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् ।

लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा संकलित रकम जिसीले सोमबार उनको घरमै पुगेर हस्तान्तरण गरे ।

‘चिनेजानेको युवा अप्ठेरोमा परेको थाहा पाएपछि हामीले आर्थिक संकलन अभियान गरेका हौं,’ जिसीले भने,‘हामी जहाँ बसे पनि मन त नेपाली नै हो, सहयोग गर्न पाउँदा खुसी छौं ।’ सुर्खेतका साथै दैलेखलगायत क्षेत्रका बेलायतमा बस्ने नेपालीले रानामगरको लागि सहयोग गरेका उनले बताए ।

सशस्त्र प्रहरी जवानमा कार्यरत रानामगरको गत वैशाखमा दुईवटै मिर्गौला फेल भएको थाहा भएको थियो । ५६ वर्षीया आमा पबित्रा रानामगर छोराको लागि एउटा मिर्गौला दिन तयार भए पनि आर्थिक अभावमा प्रत्यारोपण प्रक्रिया सुरु हुन सकेको छैन ।

‘अहिलेसम्म विभाग (सशस्त्र प्रहरी बल)बाट सहयोग पाइएको छैन,’उनले भने,‘देश/विदेशमा रहनु भएका सहयोगीले भने मलाई बचाउन रकम जुटाइरहनु भएको छ ।’

उनको लागि सुर्खेतमा बस्ने स्थानीयले पनि सहयोग संकलन अभियान थालेका छन् । अभियानकर्ता लक्ष्मण मस्र्याङीले हालसम्म ६ लाख ९० हजार रुपैयाँ संकलन भएको जानकारी दिए । कान्तिपुर

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...