News Portal

  • मोरङको मिनिल्याण्ड स्कुलले कक्षा ११ लाई स्वागत तथा कक्षा १२ का बिधार्थीहरुलाई विदाइ गऱ्यो

    हिमालीसंचार संवाददाता
    १६९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि  कक्षा १२ का विद्यार्थीहरुलाई विदाइ गर्नुका साथै ११ का बिधार्थीलाई समेत स्वागत गरेको छ ।

    विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना  १ सय १६  जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सीपल विर्कण कार्की, आतिश पौडेल, अबिषेक अधिकारी, घनस्याम भण्डारी, विजय राजवंशी, श्याम मण्डल, दिपक शोनि, डिगेन्द्रभट्टराई, सुरज सुवेदी  लगायतको उपस्थिति समेत रहेको थियो ।  

    सो बिधालयले बिगत बर्षदेखि ११ कक्षाको पठनपाठन सुरु गरेपछि  यस क्षेत्र का छात्र, छात्राहरुले भने बिराटनगरसम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकोमा आफूहरु खुशी भएको  प्रियंका शर्मा ले बताईन ।   

    रंगेलीमै कक्षा ११ र १२ को पठनपाठन गरी गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेको र आभिभावकहरुको सहयोग र साथ उतिकै आबस्यक रहेको र आगामी दिनहरुमा बिज्ञान तथा अन्य  संकायका विषयहरु समेत थपिदै लैजाने  जाने बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए । 

    सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो । स्वागत कार्यक्रममा विधार्थीहरुले विभिन्न गीतहरुमा आर्कषक नृत्य तथा गायन प्रस्तुत गरेर आमन्त्रित अतिथिहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...