News Portal

  • मोरङको रंगेलीमा भव्य रुपमा ११३औं नारी दिवस मनायो

    हिमालीसंचार संवाददाता
    १३८ पटक

    रबिन्द्र बराल/मोरङ – लैगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। रंगेली ९ स्थित महालक्ष्मी माध्यमिक बिधालयको प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे १ सय १३औं नारी दिवस मनाएका हुन ।

    राष्ट्रिय नाराका सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्र्दै आर्थिक र सामाजिक शक्तिकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाएको हो ।

    कार्यक्रममा रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, अतिथि वडाअध्यक्ष चुडामणिा रेग्मी, विभिन्न महिला सन्जालका प्रतिनिधि बिमला कडेल, सामुदयिक कल्याणसमाज – गोपाल सोरेन, देवन्ता राजवंशी, निकीता गौतम, कमल रिमाल, अन्नपूर्ण मण्डल लगायतको समेत सहभागी रहेको थियो । 

    सहभागीहरुलाई शुभकामना दिदै मेयर बगडियाले भने महिलाको हकमा नगरले आगामी दिनमा केही महिलाहरुलाई सक्षम र सबलका लागि सिटि रिक्सा बितरण गर्ने र सामुदायिक बिधालयमा अध्यनरत गर्ने कक्षा ८ का छात्राहरुलाई साईकल समेत बितरण प्रकृया अगाडि समेत बढाइ सकेको बगडियाले बताए । 

    दर्वेशा कृषि साना किसान संस्थाको आयोजना तथा रंगेली नगरपालिका र लुथरन सामुदायिक कल्याण समाज सहकार्यमा  कार्यक्रम गरिएको थियो। फर्सडागी,बेल चोक, दर्वेशा, आमतोला, रंगेली  लगायतका महिलाहरुको सहभागी समेत रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...