News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल, नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

विकास चाम्लिङ राई
३०३ पटक

विकास चाम्लिङ राई/धरान – सुनसरीको धरानमा भइरहेको होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रबेश गरेको छ ।

बिहिबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिसले आयोजक होराइजनलाई ८७-७९ अंकको अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेका हुन। अत्यन्त प्रतिस्पर्धात्मक भएको खेलमा नेपाल पुलिसले १९-१३, अंको अग्रता बनाएको थियो । 

दोस्रो क्वाटरमा होराइजन लयमा फर्किन्दै २१-१६ अङ्क जोड्दै  नेपाल पुलिसलाई पछ्याएका थिए । तेस्रो क्वाटरमा भने नेपाल पुलिसले २६-१९ अङ्कको अग्रता बनाउदै होराइजनलाई पछि पारेका थिए । त्यस्तै, चौथो क्वाटरमा भने २६/२६ बराबर अङ्क जोडेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल पुलिसका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २० अंक समेत जोडेका थिए । सयुनले उपाधी सङ्गै  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा होराइजनका सर्बोधन राईले ब्यक्तिगत २४ अंक जोडे ।

धरान १७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छ्न । भोलिको दोस्रो सेमिफाइनल खेल राष्ट्रिय खेलाडिले भरिपुर्ण टाइम्स क्लब काठमाडौ र नेपाल आर्मी बिच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...