News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिता विशेष; टाइम्स क्लब सेमिफाइनल प्रवेश

हिमालीसंचार संवाददाता
४९७ पटक

विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको तेस्रो दिन मंगलबार बिहान भएको खेलमा टाइम्स क्लब काठमाडौ क्लबले विराटनगर मोरङ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा टाइम्स क्लबले विराटनगरलाई ८९-६० फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेका हुन। मध्यान्तरसम्म प्रतिस्पर्धात्मक भएको खेलमा टाइम्सले विराटनगर विरुद्ध प्रत्येक क्वाटरमा १८-१४, १६-१८, ३०-११ र २५-१७ अंक जोडेका थिए । 

खेलमा उत्कृष्ट प्रदशन गरेका विराटनगरका सुजन लिम्बु म्यान अफ द म्याच घोषित भए । सुजनले आफ्नो टिमका लागि ब्यक्तिगत ११ अंक जोडे । उनले म्यान अफ थ म्याचको उपाधी संगै  नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । त्यस्तै, खेलमा टाइम्सको तर्फबाट मबिन्द्र भण्डारीले ब्यक्तिगत २१ अंक जोडेका छन ।

धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्के कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छ्न । प्रतियोगितामा धरान, काठमाडौ, झापा, मधेस प्रदेश बारा र मोरङ गरि ८ टिमले सहभागिता जनाएका छन् ।  

प्रतियोगिताका विजेता टिमले नगद  १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। भोलीको खेल नेपाल आर्मी क्लब काठमाडौ र मधेस प्रदेशका बारा विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...