News Portal

७औं होराइजन राष्ट्रिय बास्केटवल; नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

विकास चाम्लिङ राई
४२७ पटक

विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित ७औं होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको दोस्रो दिन नेपाला पुलिस क्लब होलिल्याण्ड इन्टर्नेसनल कलेजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा नेपाल पुलिसले होलिल्याण्डलाई ९९-४६ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेका हुन । सहज जित निकालेका नेपाल पुलिस होलिल्याण्ड विरुद्ध  प्रत्येक क्वाटरमा २८-९,२४-७, १८-११ र २९-१९ अंकको अग्रता बनाएका थिए । खेलमा व्यक्तिगत १६ अंक जोडेका सयुन राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे ।

धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेका छन् । आयोजित प्रतियोगितामा धरान, काठमाडौ, झापा र मोरङ गरि ८ टिमले सहभागिता जनाएको छ ।  

प्रतियोगिताका विजेता टिमले नगद  १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै,  उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। भोलिको खेल टाइम्स क्लब काठमाडौ र मोरङ विराटनगर विच खेल प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...