News Portal

सातौ होराइजन राष्ट्रिय बास्केटवल शुरु, आयोजक होराइजन सेमिफाइनल प्रवेश (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३९३ पटक

विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित सातौ होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिता आजदेखि धरानमा शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान- १७ वडाका वडाध्यक्ष मनोज भट्टराईले वेलुन उडाएर सुरु गरेका उद्घाटन खेलमा आयोजक होराइजन क्लवले झापा जगर क्लवलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेका हो। होराइजनले झापालाई ७२–४४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन । 

होराइजन क्लवका कविन मगरको उत्कृष्ट प्रदर्शनले होराइजन क्लवलाई विजयी दिलाउदै सेमिफाइनलमा स्थान सुरक्षित वनाएका हुन । व्यक्तिगत १९ अंक जोडेका कविन खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । सहज रुपमा जित निकालेका होराइजन क्लव र झापाले प्रत्येक क्वाटरमा १८ – ९, १८ –१२, १३ – ९ र २३–१४ अंक जोडेका थिए ।

धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् । सहभागि टिमहरुमा आयोजक होराइजन संगै टाइम्स कलेज काठमाण्डौ, नेपाल आर्मी, नेपाल पुलिस, वारा, विराटनगर, झापा र  होलिल्याण्ड स्कुलले सहभागिता जनाएका छन् । 

प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

होराइजन क्लवका अध्यक्ष श्रीभक्त राईको सभाध्यक्षमा आयोजित उद्घाटन कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान १८ न. वडाध्यक्ष प्रविण राई, १० नं वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो। भोलिको खेल नेपाल पुलिस टिम र होलिल्याण्ड स्कुल धरान विच हुने छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...