News Portal

  • सातौ होराइजन राष्ट्रिय बास्केटवल शुरु, आयोजक होराइजन सेमिफाइनल प्रवेश (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३२९ पटक

    विकास चाम्लिङ राई/धरान – होराइजन क्लवको आयोजनामा आयोजित सातौ होराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिता आजदेखि धरानमा शुरु भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि धरान- १७ वडाका वडाध्यक्ष मनोज भट्टराईले वेलुन उडाएर सुरु गरेका उद्घाटन खेलमा आयोजक होराइजन क्लवले झापा जगर क्लवलाई पराजित गदै सेमिफाइनल प्रवेश गरेका हो। होराइजनले झापालाई ७२–४४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन । 

    होराइजन क्लवका कविन मगरको उत्कृष्ट प्रदर्शनले होराइजन क्लवलाई विजयी दिलाउदै सेमिफाइनलमा स्थान सुरक्षित वनाएका हुन । व्यक्तिगत १९ अंक जोडेका कविन खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले नगद १ हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । सहज रुपमा जित निकालेका होराइजन क्लव र झापाले प्रत्येक क्वाटरमा १८ – ९, १८ –१२, १३ – ९ र २३–१४ अंक जोडेका थिए ।

    धरान-१७ स्थित श्री निम्न माध्यमिक विधालयको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् । सहभागि टिमहरुमा आयोजक होराइजन संगै टाइम्स कलेज काठमाण्डौ, नेपाल आर्मी, नेपाल पुलिस, वारा, विराटनगर, झापा र  होलिल्याण्ड स्कुलले सहभागिता जनाएका छन् । 

    प्रतियोगिताका विजेता टिमले नगद १ लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    होराइजन क्लवका अध्यक्ष श्रीभक्त राईको सभाध्यक्षमा आयोजित उद्घाटन कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान १८ न. वडाध्यक्ष प्रविण राई, १० नं वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो। भोलिको खेल नेपाल पुलिस टिम र होलिल्याण्ड स्कुल धरान विच हुने छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...

    मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ८२ लाख नाघे, डिजिटल भुक्तानीमा तीव्र वृद्धि

    काठमाडौं, कार्तिक ७ – पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ।...