News Portal

२३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा क्यामरुन र झापा भिड्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०३ पटक

सन्जिब कोयी/धरान – धरानमा संचालन भइरहेको २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिता धरान वडा नं. १६ स्थित क्षेत्रीय रंगशाला फुटबल खेलमैदानमा भइरहेको छ।

आयोजित फुटबल फाइनलमा प्रवेश गरेको छ। भोली शनिबार एभेनियर क्यामरुन टिम र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। एभेनियर क्यामरुन र झापाबीच चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। दुई बर्ष अधि क्यमरुनले नेपालमा व्यवसायीक रुपमा खेल खेल्न शुरु गरेको क्लबले २ पटक झापा र १ पटक क्यामरुनले जितेको छ। 

झापा र क्यामरुनबीच भएको खेलमा बेलबारी गोल्डकपमा टाइब्रेकरका आधारमा ४–२ गोलअन्तरले एभेनियरले खेल जितेको थिए। इटहरी गोल्डकपमा १–० गोल अन्तरले झापाले जित हासिल गरेको थिए । मेची नेत्रालय काकडभिट्टा गोल्कडपमा झापाले २–० कोल अन्तरले क्यामरुनलाई पराजित गरेको थियो । 

झापाले दुई पटक जितेको क्यामरुनलाई हराउदै बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि उचाल्ने रणनीतिमा उत्रने देखिन्छ भने क्यामरुनले झापाको पूर्ण सेटको खेलाडी नभएको फाइदा उठाउदै इतिहास रच्न चाहन्छ।

झापाका प्रशिक्षक मुन्ना सुब्बाले यो फाइनल जितेर इतिहास रच्दै बुढासुब्बा २३औ संस्करणको उपाधि उचाल्ने दाबी गर्छन् । तर, क्यामरुनका प्रशिक्षक आशिक थापा मगरका अनुसार  नेपालका प्रतियोगिताहरु खेलिरहेको कारण राम्रो अनुभव रहेको उनको दावी छ। 

बुढासुब्बा टुबोर्ग गोल्डकप विजेताले नगद १० लाख, उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन् । त्यस्तै, सर्वोत्कृष्ट घोषित खेलाडीले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छ । खोल अबधीभर  हाइ स्कोररले नगद ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट चुनिएका खेलाडीहरुले जनही नगद २५ हजार प्राप्त गर्ने धरान फुटबल क्लबले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...