News Portal

क्रिकेट तर्फ भानु मेमोरियल र फुटबल तर्फ रञ्जनी एकेडेमी विजयी

हिमालीसंचार संवाददाता
२८१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा रहेको नगर प्याव्सनले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि  खेलकुद” भन्ने मुल नाराका साथ खेलकुद सम्पन्न भएको छ ।  रंगेलीको जनता क्यामपसको खेल मैदानमा नकआउट क्रिकेट तथा फुटबल टुनामेन्ट खेल सम्पन्न भएको हो।  

क्रिकेट खेलतर्फ भानु मेमोरियल बोर्डिङ स्कुल बिजय भएको छ भने फुटवलतर्फ रञ्जनी एकेडेमीले जित हाँसिल गरेको छ। क्रिकेट खेलमा मिनिल्यान्ड बोर्डिङ स्कुललाई ३७ रनले पछि पार्दे भानु मेमोरियलले जित हासिल गरेको थियो । भानुका लागि  लब मण्डल ९५ रनको योगदान दिदै उत्कृष्ट खेलाडी घोषित भएका थिए l  

फुटबल खेलको फाइनलमा रञ्जनी एकेडेमीले माउन्ट मकालुलाई १ गोललेपछि पार्दे रञ्जनी एकेडमी बिजय भएको हो। विशाल मुर्मुको १ गोल नै निर्णायक बनेको थियो। नगर प्याव्सन रंगेलीद्वारा आयोजित टुनामेन्टमा मिनिल्याणड बोर्डिङ स्कुल, भानु मेमोरियल बोर्डिङ स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल, स्टार बोर्डिङ स्कुल, मुनलाईट बोर्डिङ स्कुल, बाल ज्योति बोर्डिङ स्कुल गरि ८ वटा बिधालयहरुले खेलमा सहभागी  रहेका थिए । 

आयोजित खेलमा नगर प्रमुख दिलिप बगडिया, नगर प्याव्सनका  अध्यक्ष सूर्यप्रसाद गौतम, सल्लाहकार सदस्य, प्यव्सन प्रदेश-१का सुनिल पौडेल, भक्तराज सुब्बा, विष्णु डंगोल,  विकर्ण कार्की लगायतले बिजेता तथा उप बिजेताहरुलाई सिल्ड, प्रमाणपत्र, मेडल  वितरण गरेको थिए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...