News Portal

मोरङलाई हराउदै क्यामरुन फाइनल प्रवेश, शनिबार झापासंग भिड्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३१० पटक

धरान: धरान उपमहानगरपालिका धरान -१६ स्थित २३औं अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपमा हिजो क्यामरुन एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।

धरान -१६ स्थित क्षेत्रीय रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङले आत्मघाती गोल गर्दा क्यामरुनले जीत सुनिश्चित गऱ्यो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र बल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।

आयोजित खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे। क्यामरुनले शनिबार उपाधिको लागि काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासंग खेल्ने छ । झापाले बुधबार युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ ले हराउदै फाइनलका लागि प्रवेश गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...