News Portal

मोरङको रंगेलीमा पशुआहारका लागि पशुपति उद्योग संचालनमा आयो

हिमालीसंचार संवाददाता
३२८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका–८ स्थित बिधुत प्राधिकरण नजिकै पशुआहार उद्योग संचालनमा आएको छ। करिब तीन करोड रुपैयाँको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागि टयावलेट र पाउडर दाना उत्तपादन गर्दै आएको छ । 

पशुआहार उधोगले दाना उत्तपादनका लागि  मकै, धान, चामल कुटाउदा निस्कने भुसा, चोकर तथा भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ । यहा १८ प्रकारका कृषिजन्य ब्राण्ड मिश्रण गरेर उत्तपादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसको प्रयोगले दुग्ध तथा मासु उत्तपादनमा वृद्धि भई पशु स्वथ्यकर हुने उद्योगका संचालक सन्जोग बस्नेतले बताए । उद्योगले दैनिक ५ टन पशुआहार उत्तपादन गर्दै आएको छ।

उद्योगको मासिक ३ सय टन दाना उत्तपादन गर्ने क्षमता भएपनि पहिलो चरणमा अहिले मासिक १ सय ३० टन दाना उत्तपादन गरिरहेको संचालक बस्नेतले बताए। किसानले पाउने वजार  मुल्यभन्दा उद्योगले ५० रुपैया बढी मुल्य दिएर कृषिजन्य वस्तु खरिदगर्दै आएको छ । 

रोजगारी लागि युवाहरु विदेश पलयान भइरहेको अवस्थामा स्वदेसमा  केहि गर्न सकिन्छ भन्ने उदारण दिन उद्योग संचालनमा ल्याएको संचालक वस्नेतले बताए। युवाले संचालनमा ल्याएको यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएका छन। यसरी गाउघरमै उद्योग संचालनमा आएपछि पशुपालक किसान समेत खुशी भएका छन । उत्तपादित दाना गाई, वस्तु, सुगुर वंगुर, खशी, वोका तथा घोडालाई आहारका लागि प्रयोग गर्न सकिने संचालकले बताए। 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...