News Portal

  • मोरङको रंगेलीमा पशुआहारका लागि पशुपति उद्योग संचालनमा आयो

    हिमालीसंचार संवाददाता
    २९४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका–८ स्थित बिधुत प्राधिकरण नजिकै पशुआहार उद्योग संचालनमा आएको छ। करिब तीन करोड रुपैयाँको लागतमा स्थापना भई संचालनमा आएको उद्योगले पशु आहारका लागि टयावलेट र पाउडर दाना उत्तपादन गर्दै आएको छ । 

    पशुआहार उधोगले दाना उत्तपादनका लागि  मकै, धान, चामल कुटाउदा निस्कने भुसा, चोकर तथा भटमासको पिना साथै विभिन्न प्रकारका कृषिजन्य वस्तुको प्रयोग गर्दै आएको छ । यहा १८ प्रकारका कृषिजन्य ब्राण्ड मिश्रण गरेर उत्तपादन गरिएको दाना प्रोटिनयुक्त हुने भएकाले यसको प्रयोगले दुग्ध तथा मासु उत्तपादनमा वृद्धि भई पशु स्वथ्यकर हुने उद्योगका संचालक सन्जोग बस्नेतले बताए । उद्योगले दैनिक ५ टन पशुआहार उत्तपादन गर्दै आएको छ।

    उद्योगको मासिक ३ सय टन दाना उत्तपादन गर्ने क्षमता भएपनि पहिलो चरणमा अहिले मासिक १ सय ३० टन दाना उत्तपादन गरिरहेको संचालक बस्नेतले बताए। किसानले पाउने वजार  मुल्यभन्दा उद्योगले ५० रुपैया बढी मुल्य दिएर कृषिजन्य वस्तु खरिदगर्दै आएको छ । 

    रोजगारी लागि युवाहरु विदेश पलयान भइरहेको अवस्थामा स्वदेसमा  केहि गर्न सकिन्छ भन्ने उदारण दिन उद्योग संचालनमा ल्याएको संचालक वस्नेतले बताए। युवाले संचालनमा ल्याएको यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिएका छन। यसरी गाउघरमै उद्योग संचालनमा आएपछि पशुपालक किसान समेत खुशी भएका छन । उत्तपादित दाना गाई, वस्तु, सुगुर वंगुर, खशी, वोका तथा घोडालाई आहारका लागि प्रयोग गर्न सकिने संचालकले बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...