News Portal

  • मोरङको सुनबर्षी नगरपालिका वडा नं. ५ द्वारा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    हिमालीसंचार संवाददाता
    १७२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको सुनबर्षीमा “आजको बाललबालिका भोलिको भविष्य सुनबर्षीको सम्बृद्धिमा नागरिक समाजको भूमिका” भन्ने मुल नाराका साथ सुनबर्षी नगरपालिकाको वडा नम्बर ५ ले सुनवर्सी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

    सुनबर्षी वडा नं.५ को सभाहलमा भएको कार्यक्रममा नगर भरिका सामुदायिक तथा नीजि गरी ८ वटा बिधालयको सहभागिता रहेको थियो । वक्तृत्वकलामा सुनवर्षी बाल क्लबको आयोजना तथा  वडा नं. ५ को सहयोगमा गरिएको  थियो । वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय क्रमश जनता आधारभूत विद्यालयका दिपा कुमारी मण्डलले नगद ५ हजार १ सय रुपैयाँ, श्री सार्वजनिक आधारभूत बिधालयका अनामिका कुमारी दासले नगद ३ हजार १ सय रुपैयाँ, काली माध्यमिक बिधालयका आयुष कुमार दासले २ हजार १ सय रुपैयाँ तथा सनराइज बोर्डिग स्कूलले नगद ११ सय रुपैयाँ प्राप्त गरेका थिए ।

    आयोजित कार्यक्रम मेयर श्याम राजवंशी, वडाअध्यक्ष  युगेश्वरप्रसाद ठाकुर र विभिन्न वडाअध्यक्ष, सदस्य, स्थानीय समाजसेवी शिक्षक हरेक विजेताहरुलाई नगद प्रमाणपत्र वितरण गरिएको थियो । 

    सुनबर्षी नगरपालिका वडा नम्बर ५ मा युगेश्वर प्रसाद ठाकुर विजयी भएर आएपछि वडा स्तरमा निकै लोकप्रीय नयाँ काम गरेर वडा बासिका लागि अभिभावकीय भुमिका निर्वाह गर्दै आएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...