News Portal

  • धरानको सभागृहमा नाटक मञ्चन गर्दै रंगभुमी एकेडेमी, फागुन १७ गतेदेखि कुमार मामा मञ्चन हुने

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    धरान – धरानको रंगमञ्चको साख जोगाउँदै आएको रंगभुमी एकेडेमी नयाँ नाटक प्रस्तुति दिने तयारीमा रहेको छ ।

    धरान-८ स्थित सभागृहमा मञ्चन गर्ने तयारीमा रहेको नाटक पत्रकार जनकऋषि राईको बस्ति भित्र कथा संग्रहमा संग्रहित कुमार मामा कथा माथि नाटक तयार गरिएको हो। आज अस्तव्यस्त अवस्थामा रहेको सभागृहमा टालटुल गरि तयार पारिएको मञ्चबाटै पत्रकार सम्मेलन गरि उक्त नाटक मञ्चनको बारेमा जानकारि गराएका थिए । प्राज्ञ विष्णु मोक्तानले कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरिएको नाटक यहि फागुन २० गते देखि ३० गतेसम्म मञ्चन हुने भएको छ ।

    नेपाली समाजको तल्लो वर्गका मान्छे अर्थात भुइमान्छेको जीवनस्तरलाई कथामा चित्रण गरिएको छ सोहि विषयवस्तुलाई नाटकमा उतारिएको निर्देशक प्राज्ञ मोक्तानले बताए । मुलुकमा विभिन्न किसिमको आन्दोलनले ल्याएको परिवर्तनले वास्तविक भुइमान्छेको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरालाई उक्त नाटकमा देखाइएको उनले बताए । 

    उनको अनुसार कुमार मामा’लाई प्रतिनिधि पात्रको रुपमा उभ्याएर त्यो वर्गका मान्छेले कल्पना गरेको परिवर्तनपछिको दिनहरुमा भोग्दै आएको यथार्थलाई मञ्मा प्रस्तुत गरिउको छ ।

    नाटकमा १० जना कलाकारले भुमिका निर्वाह गर्नेछन । उक्त नाटकमा चर्चित रंगकर्मी मोक्ष विक्रमसिंह थारुको पनि सहभागी रहेको छ । पत्रकार सम्मेलन कै समयमा सभागृहको अवस्था नाटक मञ्चको अभावप्रति थारुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन । निकै अस्तव्यस्त भएको सभागृहको मञ्चलाई नाटक प्रदर्शन लायक बनाउने तयारीमा खटिइरहेका रंगकर्मीहरुको अवस्थाले नाटक मञ्चनमा उनीहरुको मिहीनेतलाई प्रतिवित गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...