News Portal

धरानको सभागृहमा नाटक मञ्चन गर्दै रंगभुमी एकेडेमी, फागुन १७ गतेदेखि कुमार मामा मञ्चन हुने

हिमालीसंचार संवाददाता
३२२ पटक

धरान – धरानको रंगमञ्चको साख जोगाउँदै आएको रंगभुमी एकेडेमी नयाँ नाटक प्रस्तुति दिने तयारीमा रहेको छ ।

धरान-८ स्थित सभागृहमा मञ्चन गर्ने तयारीमा रहेको नाटक पत्रकार जनकऋषि राईको बस्ति भित्र कथा संग्रहमा संग्रहित कुमार मामा कथा माथि नाटक तयार गरिएको हो। आज अस्तव्यस्त अवस्थामा रहेको सभागृहमा टालटुल गरि तयार पारिएको मञ्चबाटै पत्रकार सम्मेलन गरि उक्त नाटक मञ्चनको बारेमा जानकारि गराएका थिए । प्राज्ञ विष्णु मोक्तानले कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरिएको नाटक यहि फागुन २० गते देखि ३० गतेसम्म मञ्चन हुने भएको छ ।

नेपाली समाजको तल्लो वर्गका मान्छे अर्थात भुइमान्छेको जीवनस्तरलाई कथामा चित्रण गरिएको छ सोहि विषयवस्तुलाई नाटकमा उतारिएको निर्देशक प्राज्ञ मोक्तानले बताए । मुलुकमा विभिन्न किसिमको आन्दोलनले ल्याएको परिवर्तनले वास्तविक भुइमान्छेको जीवनमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरालाई उक्त नाटकमा देखाइएको उनले बताए । 

उनको अनुसार कुमार मामा’लाई प्रतिनिधि पात्रको रुपमा उभ्याएर त्यो वर्गका मान्छेले कल्पना गरेको परिवर्तनपछिको दिनहरुमा भोग्दै आएको यथार्थलाई मञ्मा प्रस्तुत गरिउको छ ।

नाटकमा १० जना कलाकारले भुमिका निर्वाह गर्नेछन । उक्त नाटकमा चर्चित रंगकर्मी मोक्ष विक्रमसिंह थारुको पनि सहभागी रहेको छ । पत्रकार सम्मेलन कै समयमा सभागृहको अवस्था नाटक मञ्चको अभावप्रति थारुले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन । निकै अस्तव्यस्त भएको सभागृहको मञ्चलाई नाटक प्रदर्शन लायक बनाउने तयारीमा खटिइरहेका रंगकर्मीहरुको अवस्थाले नाटक मञ्चनमा उनीहरुको मिहीनेतलाई प्रतिवित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...