News Portal

शेर्पा समाज मकाउद्वारा “ग्याल्पो ल्होसार” भव्य रुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
७८६ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत शेर्पा समाज मकाउले गत फेब्रुअरी २१ तारिक सोफिटेल होटल (पोन्टे -१६) मकाउ स्थित भव्य रुपमा मुख्य साँस्कृतिक तथा मौलिक चाड ग्याल्पो ल्होसार सम्पन्न गरिएको छ ।

शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा मकाउमा गठीत सम्पूर्ण संघयंस्थाहरुको सहभागिता रहेको थियो। मकाउमा गठीत जातिय संघसंस्थाहरु मध्ये शेर्पा समाज मकाउ सक्रिय रुपमा आफ्नो मौलिक रीतिरिवाज,धर्म सँस्कृति र परम्परालाई जगेर्न गर्दै आइ रहेका छन्। सोही अनुरूप यस बर्ष मकाउमा कार्यरत शेर्पा समुदायको मातृ संस्था शेर्पा समाज मकाउको विशेष आयोजनामा ग्याल्पो ल्होसार सम्पन्न गरिएको हो।

आयोजित कार्यक्रममा आमन्त्रित अतिथिहरुमा नेपाल आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष प्रमुख अतिथि भिमकुमार राई (किराती), गुरुङ “तमु” समाज मकाउ सार चीनका अध्यक्ष लिलबहादुर गुरुङ(गोरा), तामाङ घेदुङ मकाउका उपाध्यक्ष विरेन वाइवा, मगर संघ मकाउका प्रतिनिधि इन्द्र सारु मगर, किरात राई यायोक्खा मकाउका अध्यक्ष मंगल राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष चण्डि योङ्या, नेवा समाज मकाउका अध्यक्ष अनील श्रेष्ठ, गैरआवसिय नेपाली संघ मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, प्रबासी नेपाली मन्च मकाउका अध्यक्ष उत्तम गुरुङ, बर्दरहुड एसोसियसन मकाउका प्रतिनिधि विज्ञान जोशी र नेपाली समाज मकाउ अध्यक्ष युबराज न्यौपानेको उपस्थिति रहेको थियो।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी विश्वभर एक साथ मनाउदै आएका छन्। सोही अनुरूप मकाउमा पनी एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा सम्पन्न गरिएको हो। 

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा शेर्पा समुदायको ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाउने प्रचलन रही आएको छ । नेपालका विभिन्न हिमाली क्षेत्रका १२ जिल्लाहरुमा भव्यताका सथमा मनाइने ग्याल्पो ल्होसार हाल नेपालका २२ जिल्ला साथै पछिल्लो समय देश विदेशमा भव्यताका साथमा मनाउन थालिएको छ ।शेर्पा समाज मकाउद्वारा मनोरञ्जन संगै समाजसेवामा समर्पित कार्यक्रममा कपल कम्पिटिशनको कार्यक्रम समेत राखिएको थियो। आयोजित कार्यक्रममा कपल कम्पिटिशन लक्की ड्र’का माध्यमद्वारा पहिलो, दोस्रो र तेस्रो घोषित गरिएको थियो। विजेतालाई क्रमश सुनको सिक्री पुरस्कार प्रदान गरिएको शेर्पा समाजकी सक्रिय सदस्य तथा समाजसेवी गीता मगर शेर्पाले जानकारी दिइन् ।

लक्की ड्र’मार्फ़त पहिलो हुनेमा धनकुटा जिल्लाका रञ्जिता लामा र शंकर लामा, दोस्रो हुनेमा ताप्लेजुङका अनील लिम्बुको जोडी र तेस्रो हुनेमा काठमाडौका चण्डि योङ्या र कुमारी लिम्बु घोषित भएका थिए। 

त्यस्तै, ल्होसारको उपलक्ष्यमा कैलालीको साहारा-घरमा आश्रित रहेका बालवालिका, अपांग तथा बृद्धा आमा बाबालाई एक छाक मिठो भोजन खुवाउने कार्यक्रम रहेको समेत समाजसेवी गीता मगर शेर्पाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...