News Portal

२३औं बुढासुब्बा टुबोर्ग गोल्डकपको आवश्यक तयारी पुरा, गोर्खा ब्यान्डको विशेष प्रस्तुति रहने (भिडियो सहित)

जेष्ठ नागरिक ६५ बर्ष पुरा गरेको, अपाङ तथा नेपाल प्रहरीका विधार्थीका लागि प्रवेश निःशुल्क!

हिमालीसंचार संवाददाता
३७९ पटक

धरान – २३औं सँस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको आवश्यक तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन्। धरान-१६ स्थित क्षेत्रीय रंगशाला धरानमा भोली उद्घाटन हुन लागेको बुढासुब्बा टुबोर्ग गोल्डकपको उद्गोधाट समारोहमा ब्यान्ड विशेष प्रस्तुति रहने जानकारी दिए।

आयोजित बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल खेलमा नेपाल प्रहरीका विधार्थीहरुले हरेक बर्ष स्वयंसेवकका रुपमा उपस्थित भएर सहयोग गर्दै आएका हुनाले विधालय पोशाकमा, फरक क्षमता भएको बालबालिकाहरु र ६५ बर्ष भन्दा माथीका जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको धरान फुटबल क्लबका अध्यक्ष  किशोर राईले जानकारी दिए। 

त्यस्तै, धरानका अन्य विधालयका विधार्थीहरुका लागि समेत विशेष छुटको विषयमा छलफलमा रहेको बताए । अध्यक्ष राईले भने  विद्यार्थीहरू नै भविष्यका खेलाडी हुन् । उनीहरुलाई फुटबल हेर्न सहज बनाउने क्लबको बुझाई रहेको बताएका अध्यक्ष राईले सशुल्क प्रवेश गरेर सहयोग गर्न धरानबासी खेलप्रेमी सबैसंग आग्रह गरे।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ) रहने समेत जानकारी दिए। मेयर साम्पाङ हामी सबैको नगर पिता हुन्। वहाँले खेलकूदका लागि विशेष सहयोग, सद्भाव र आवश्यक सहयोग गर्दै आएको बताए। त्यस्तै, अध्यक्ष राईले प्रत्येक दिन प्रमुख अतिथि फरक फरक हुने पनी बताए।

बुढासुब्बा टुबोर्ग गोल्डकपका लागि प्रवेश शुल्क पुरानो नै कायम रहेको बताए। उद्घाटन समारोहदेखि क्वाटर फाइनलसम्म १ सय, सेमिफाइनलमा २ सय र फाइनल खेलमा ३ सय प्रवेश शुल्क राखिएको अध्यक्ष राईले जानकारी दिए। तर, यसपाली टिकटका लागि अनलाइन खल्ति सेवा मार्फत टिकट खरिद गर्न सकिने समेत जानकारी दिए। 

बुढासुब्बा टुबोर्ग गोल्डकप विजेताले नगद १० लाख, उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्टर, स्ट्राइकर, प्रशिक्षकलाई जनही नगद २५ हजार र प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद १० हजार प्राप्त गर्ने छन्। 

२३औं सँस्करका खेलमा आयोजक धरान फुटबल क्लब धरान, युकेएफसि भारत, केबिपिएस वंगलादेश, एभेनियर एफसि क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसि झापा र एन्फा मोरङ सहित ८ टिम बिच प्रतिस्पर्धा हुने छ। भोली उद्घाटन खेल आयोजक धरान फुटबल क्लब धरान र युके एफसि भारतबिच प्रतिस्पर्धा हुने समेत पत्रकार सम्मेलनमा अध्यक्ष राईले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...