News Portal

  • मोरङको रंगेलीमा हात्ती पाईले रोगको औंषधि खुवाउन शुरु

    हिमालीसंचार संवाददाता
    २१० पटक

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरि  औं, हात्तीपाईले रोग मुक्त बनाऔं।” औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले ११ गतेदेखि २० गतेसम्म शुरु गरेको छ।

    बिहिबार नगरको परिसरमा नगर प्रमुख दिलिप बगडियाले आफैबाट औंषधि सेवन गरेर शुरु गरेका छन । परिसरमा वडाअध्यक्ष रामचन्द्र मण्डल, अबेधश कुमार मण्डल, वडासदस्य देवमणी कटुवाल, कर्मचारी, स्थानीय बुद्धिजीवी लगायतले एकै साथ औंषघि सेवन गरेर अभियानलाई शुरु गरेका हुन ।

    नगर भरीका आम जनताहरुलाई औंषधि सेवन गराउने उदेश्यका साथ सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन समेत गरेका छन्। नगरवासी, बुद्धिजीवी, बिधार्थी, शिक्षक, लगायत सबैलाई  औंषधि सेवन गर्ने र अरु सर्वसाधरणलाई सेवन गराउन पनि सहयोग गर्ने आग्रह समेत गरेका छन । 

    हालसम्म रंगेली नगरमा ३५ जनालाई हात्ती पाईले रोग लागेको हुनाले अबका दिनहरुमा अरु ब्यक्तिहरुलाई नलागोस् र नगरवासाका लागि हात्ती पाईले रोग मुक्त होस् भन्ने उदेश्यले  अभियान शुरु गरेको बगडियाले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...