News Portal

मोरङको रंगेलीमा हात्ती पाईले रोगको औंषधि खुवाउन शुरु

हिमालीसंचार संवाददाता
२५३ पटक

रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरि  औं, हात्तीपाईले रोग मुक्त बनाऔं।” औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले ११ गतेदेखि २० गतेसम्म शुरु गरेको छ।

बिहिबार नगरको परिसरमा नगर प्रमुख दिलिप बगडियाले आफैबाट औंषधि सेवन गरेर शुरु गरेका छन । परिसरमा वडाअध्यक्ष रामचन्द्र मण्डल, अबेधश कुमार मण्डल, वडासदस्य देवमणी कटुवाल, कर्मचारी, स्थानीय बुद्धिजीवी लगायतले एकै साथ औंषघि सेवन गरेर अभियानलाई शुरु गरेका हुन ।

नगर भरीका आम जनताहरुलाई औंषधि सेवन गराउने उदेश्यका साथ सबै वडाहरुमा स्वास्थ्यकर्मी परिचालन समेत गरेका छन्। नगरवासी, बुद्धिजीवी, बिधार्थी, शिक्षक, लगायत सबैलाई  औंषधि सेवन गर्ने र अरु सर्वसाधरणलाई सेवन गराउन पनि सहयोग गर्ने आग्रह समेत गरेका छन । 

हालसम्म रंगेली नगरमा ३५ जनालाई हात्ती पाईले रोग लागेको हुनाले अबका दिनहरुमा अरु ब्यक्तिहरुलाई नलागोस् र नगरवासाका लागि हात्ती पाईले रोग मुक्त होस् भन्ने उदेश्यले  अभियान शुरु गरेको बगडियाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...