News Portal

  • मोरङको कानेपोखरीको गेउरीया पुल सम्पन्न नहुदा दुर्घटना बढ्यो सम्बन्धित निकाय मौन

    हिमालीसंचार संवाददाता
    १६४ पटक

    रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुल निर्माणकार्य सुरु भएको ९ बर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न हुन सकेको छैन् । 

    बर्षौदेखि ठेक्केदारको लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा सो ठाउँमा पटकपटक दुर्घटना हुदाँ समेत सम्बन्धित निकायको ध्यान गएको छैन। यस सडक खण्डमा ९ बर्षको  अबधिमा ५ जनाको दुर्घटनामा ज्यान गएको छ। विशेष गरेर बर्षाको समयमा कोहि मोटरसाइकल सहित त कोहि पैदल यात्री डुवेर बेपत्ता भएर दुई दिनपछि समेत मृत अवस्था फेला परेका थिए। 

    यस क्षेत्रमा रातिको समयमा मोटरसाइकल अनियन्त्रित भई दैनिकी दुर्घटना समेत हुँदै आएको स्थानीयले बताए। सवारी साधन पल्टिने दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर चलिरहेको छ । एक बर्ष  अगाडि पुल निर्माणकार्यमा लापरबाही भयो भनेर स्थानीयले जिल्ला प्रशासनमा २०७८ माघ ६ गते  निवेदन दिएको थिए। १७५२ नम्बरमा दर्ता  समेत गरिएका थिए ।  तर,  अहिलेसम्म कुनै सुनवाइ भएको छैन सबै पक्ष मुख दर्शक भएर बसिरहेका छन ।  

    बिगत ९ बर्षदेखि उक्त पुल अलपत्र भएता पनि पुल निर्मण सुरु गरेर पुलको दुवै साईडमा पिलर बनाएर छाडेपछि अहिले सोही पिलरमा ठोकिएर दुर्घटना हुने गरेको स्थानीयले बताए । पुलको निर्माणकार्य  २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले ठेक्का पाएको थियो । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा  ठेक्का   पाएको थियो ।

    सराउद्विन जेविले दुई बर्षभित्र पुल निर्माणकार्य सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएता पनि ९ बर्ष बितिसक्दा समेत पुलको काम भने सम्पन्न हुन सकेको छैन। सराउद्घिनका प्रमुखले भने चैत्र महिनाभित्र काम सम्पन्न हुने बताएका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...