News Portal

मोरङको कानेपोखरीको गेउरीया पुल सम्पन्न नहुदा दुर्घटना बढ्यो सम्बन्धित निकाय मौन

हिमालीसंचार संवाददाता
२१६ पटक

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका-२ स्थित गेउरीया पुल निर्माणकार्य सुरु भएको ९ बर्ष बितिसक्दा समेत पुल निर्माण सम्पन्न हुन सकेको छैन् । 

बर्षौदेखि ठेक्केदारको लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा सो ठाउँमा पटकपटक दुर्घटना हुदाँ समेत सम्बन्धित निकायको ध्यान गएको छैन। यस सडक खण्डमा ९ बर्षको  अबधिमा ५ जनाको दुर्घटनामा ज्यान गएको छ। विशेष गरेर बर्षाको समयमा कोहि मोटरसाइकल सहित त कोहि पैदल यात्री डुवेर बेपत्ता भएर दुई दिनपछि समेत मृत अवस्था फेला परेका थिए। 

यस क्षेत्रमा रातिको समयमा मोटरसाइकल अनियन्त्रित भई दैनिकी दुर्घटना समेत हुँदै आएको स्थानीयले बताए। सवारी साधन पल्टिने दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर चलिरहेको छ । एक बर्ष  अगाडि पुल निर्माणकार्यमा लापरबाही भयो भनेर स्थानीयले जिल्ला प्रशासनमा २०७८ माघ ६ गते  निवेदन दिएको थिए। १७५२ नम्बरमा दर्ता  समेत गरिएका थिए ।  तर,  अहिलेसम्म कुनै सुनवाइ भएको छैन सबै पक्ष मुख दर्शक भएर बसिरहेका छन ।  

बिगत ९ बर्षदेखि उक्त पुल अलपत्र भएता पनि पुल निर्मण सुरु गरेर पुलको दुवै साईडमा पिलर बनाएर छाडेपछि अहिले सोही पिलरमा ठोकिएर दुर्घटना हुने गरेको स्थानीयले बताए । पुलको निर्माणकार्य  २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले ठेक्का पाएको थियो । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा  ठेक्का   पाएको थियो ।

सराउद्विन जेविले दुई बर्षभित्र पुल निर्माणकार्य सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएता पनि ९ बर्ष बितिसक्दा समेत पुलको काम भने सम्पन्न हुन सकेको छैन। सराउद्घिनका प्रमुखले भने चैत्र महिनाभित्र काम सम्पन्न हुने बताएका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...