News Portal

  • प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज बास्केटवल; महिला तथा पुरुष दुबै उपाधी धरान मेघाको पोल्टामा (भिडियो सहित)

    विकास चाम्लिङ राई
    ४६७ पटक

    विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको दुबै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा जमाएको छ ।

    धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज साम्पाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९-११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरिलाई ४२-३९ अंकले पराजित गर्दै धरान मेघाले उपाधी माथी कब्जा जमाएको हो । 

    धरान मेघाले उपाधी संगै पुरुषतर्फ नगद ३० हजार र महिला तर्फ २० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै, पुरुषतर्फका उपबिजेता राष्ट्रिय जनसहयोग कलेज इटहरीले नगद २० हजार, महिलातर्फको उपबिजेता सियोन स्कुलले नगद १० हजार रुपया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायान सुवेदी, अल्फाबिटा कोयला एजुकेसनका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, म्यानिजिङ डाइरेक्टर सन्जिब राई, बास्केटबल संघका कोषाध्यक्ष गौरब श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

    आयोजित फाइनल खेलमा महिलातर्फ सहज जित निकालेका धरान मेघा र सियोन स्कुलले प्रत्यक क्वाटरमा ३-१, ६-४, ८-० र १२-६ अंक जोडेका थिए । पुरुषतर्फ अत्यन्त प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान मेघा हिमालयन र राष्ट्रिय जनसहयोगले १३-१२, १३-७, ७-१४ र ९-६ अंक जोडेका थिए ।फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राईले १९ अंक जोडेका थिए। 

    आयोजित प्रतियोगिताको फाइनल खेलका प्रमुख अतिथि मेयर हर्कराज साम्पाङ राईले बास्केटबल सट गरेर गरेको थिए । उनले एकै सटमा बास्केटबल रिङमा बास्केट गरेपछि फाइनल खेल विधिवत रुपमा सुरु गरेका थिए। 

    दिदी-भाइले जिते एमभिपी पुरस्कार: आयोजित प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी मोस्ट भ्यालुएबल पुरस्कारको उपाधी दिदी-भाइले जितेका छन। धरान मेघा कलेजको १२ कक्षामा अध्यनरत योगेश राई र ब्याचलर पहिलो बर्षमा अध्यनरत तनु राईले उपाधी जितेका हुन ।

    उनीहरुले उपाधी संगै नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उनीहरु दुबै जना दिदि-भाईले धरान बास्केटबल संघ सुनसरी बास्केटबल संघको सिफारिसमा छात्रवृत्तमा अध्ययन गरिरहेका छन । 

    त्यस्तै, प्रतियोगिताको हाइ स्कोरर उपाधी महिलातर्फ धरान मेघा कलेजका सितल तामानग घोषित भए । उनले तीन म्याचमा ब्यक्तिगत २५ अंक जोडेका थिए । पुरुषतर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित भए। उनले ४ म्याचमा ४२ अंक जोडेका थिए । उनीहरुले नगद २ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी धरान मेघाका सविन राई र सियोन स्कुलका सेरिना लिम्बु घोषित भइन। उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

    प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनः आयोजित प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसनको उपाधि पुरुषतर्फ धरान सिटि कलेजका हेमराज लिम्बु र धरान मेघाका तनु राईले जिते । हेमराजले तीस सेकेण्डले ४ र तनुले ३ बास्केट गरेका थिए । उनाहरुले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ३ पोइन्ट कम्पिटिसनको प्रायोजक चर्चित कलाकार एव धरानको पुर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले गरेका हुन। प्रतियोगिताको पहिलो सस्करणमा समेत पौडेलले नै प्रायोजक गरेका थिए ।

    सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजनमा धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान-१८ का वडाध्यक्षा प्रविन राई, धरान-१० का वडाध्यक्ष विवेक राई, धरान- १६ का वडाध्यक्ष मुरारी भट्टराई, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ , धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतको उपस्थिति रहेको थियो ।

     

    तस्वीर- विकास चाम्लिङ राई

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...