News Portal

अछाममा ७ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी भवन

हिमालीसंचार संवाददाता
२६४ पटक

अछाम। अछामको तुर्माखाँद स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको ७ वर्ष पूरा हुँदा पनि बन्न नसक्दा सेवा प्रभावित बनेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत बन्न लागेको तुर्माखाँद स्वास्थ्य चौकी भवन २०७२ भदौमा काम सुरु गरी २०७३ भदौमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो।

थाक्थुहाङ आइ एस नेत्रेश्वरी जेभीले ७ वर्ष अगाडि २ करोड २१ लाख १८ हजार लागतमा एक वर्षमै निर्माण सम्पन्न गर्ने बताएको थियो। स्वास्थ्य चौकी भवन नहुँदा संस्थाबाट दिने सबै सेवा प्रभावित बनेको तुर्माखाँद गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकेन्द्र बयकले बताए।

‘यहाँको स्वास्थ्य चौकीमा एक दिनमा कम्तीमा १ सय ५० भन्दा धेरै बिरामी आउँछन्। ५ भन्दा बढी सेवा एउटा साँघुरो कोठाबाट दिनुपर्दा धेरै कठिन भएको छ,’ स्वास्थ्य शाखा प्रमुख बयकले भने, ‘एउटै कोठामा बर्थिङ सेन्टर पनि छ। यस्तो जीर्ण भवनको एकै कोठामा बर्थिङ सेन्टर चलाउन झन् कठिन भएको छ।’

स्वास्थ्य संस्था सञ्चालन र बर्थिङ सेन्टर सञ्चालनको मापदण्ड विपरीत अहिले स्वास्थ्य चौकीबाट सेवा दिइरहेको बयकले बताए।

‘तुर्माखाँदको केन्द्रमा त्यति ठुलो भवन निर्माण हुन थालेको धेरै समय भइसक्यो। अहिलेसम्म अलपत्र अवस्थामा छ। यतातिर मापदण्ड विपरीत स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ,’ उनले भने।

उनका अनुसार पहिले स्वास्थ्य चौकीको काम सुरु भएको र बीचमा काम गर्न छोड्दा भवन निर्माण क्षेत्रमा घाँसपात उम्रिएको छ।

कमलबजार नगरपालिका-९ मष्टाबण्डालीमा १० वर्षअगाडि निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन पनि अहिलेसम्म अलपत्र अवस्थामा छ। २०६९ असारमा काम सुरु गरी २०७० असोजमा काम सम्पन्न गर्ने सम्झौता गरेको आईएस कन्स्ट्रक्सन डोटीले सम्झौताको १० वर्ष पुग्दासम्म पहिलो तल्ला चिनाइको काम मात्र सम्पन्न गरेको छ।

१ करोड ५ लाख ३८ हजार लागतमा बन्ने उक्त भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ।

मष्टाण्बण्डाली स्वास्थ्य चौकी निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीको प्रतिनिधि केही समय पहिला सम्पर्कमा आए पनि भवन निर्माणको काम नसकिएको कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए।

‘पहिलेको भन्दा अहिले केही काम भएको देखिन्छ। तर सम्पन्न भइसकेको छैन,’ उनले भने। तुर्माखाँद र मष्टाबण्डालीमा बन्न थालेको स्वास्थ्य चौकीका ठेकेदारहरू लामो समयदेखि सम्पर्कमा नआएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाले बताए।

पटक पटक भवन निर्माणमा ढिलाइ भएको ताकेता गर्दा पनि ठेकेदारहरू नै सम्पर्कभन्दा बाहिर जाँदा भवन निर्माण नै अलपत्र बनेको उनले बताए।

‘तुर्माखाँद र मष्टाबण्डाली स्वास्थ्य चौकी भवन बनाउने ठेकेदारको अत्तोपत्तो छैन। यी भवनहरू सहरी विकासबाट बन्न थालेका हुन्। स्वास्थ्य कार्यालयले हेर्नुपर्ने कुनै आधिकारिक खबर आएको छैन। तर जिल्लामा बन्न थालेका स्वास्थ्य संरचनामा हाम्रो पनि चासो हुन्छ। धेरै पटक सम्पर्क गर्दा पनि ठेकेदार सम्पर्कमा आएका छैनन्,’ स्वास्थ्य प्रमुख ढुङ्गानाले भने।

उनका अनुसार यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ। धेरै पुराना भवनबाट सेवा दिन पनि गाह्रो छ। अहिले ठेकेदार खोज्ने काम भइरहेको छ। रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...