News Portal

धरान एक्स्पोको तिब्र तयारी, शाहसिक खेलदेखि मनमोहक हिमालका दृश्यहरु हेर्न सकिने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३६४ पटक

धरान – “पर्यटन, कृषि,सूचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औधोगीक व्यापार प्रदर्शनी” भन्ने नाराका साथमा धरान उपमहानगरपालिका धरान-१६ स्थित धरान एक्स्पो २०७९ तिब्र तयारी गरिरहेका छन्।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन ११ गतेदेखि २० गतेसम्म धरान-१६ स्थित क्षेत्रीय रंगशाला नजिकै रहेको हेली प्याड मैदान धरानमा हुन लागेको एक्स्पोको तिब्र तयारी भइरहेको छ। औद्योगिक, व्यापारिक, कृषि, पर्यटन, खेलकुद र साहित्यीक क्षेत्रलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रदर्शनीमा मह, माछा, सुकुटी, अचार, चिया, फूल, धराने कालो बंगुर जस्ता सुनसरी जिल्लाका अर्गानिक उत्पादनहरुलाई विशेष प्राथामिकतामा राखेर एक्स्पोका स्टल वितरण भइरहेको संयोजक विष्णु बरालले जानकारी दिए।

स्थानीय उत्पादनबाहेक प्याराग्लाइडिङ, तमोर–चतरा ऱ्याफ्टिङ  लगायतका साहसिक खेल र पर्यटन क्षेत्रलाई पनि उच्च प्राथमिकता राख्ने आयोजकले जनाएका छन्। एक्स्पो अवधिभर धरान क्षेत्रमा रहेका होटलसँग सहकार्य गर्दै एक्स्पो घुम्न आउने अवलोकनकर्ता, व्यवसायी र उद्यमीलाई विशेष प्याकेज उपलब्ध गराइने समेत स्टल संयोजक बरालले जानकारी दिए।

एक्स्पोमा सहभागि हुने महिला, विद्यार्थी र अपांग व्यक्तिहरुको लागि स्टल मुल्यमा ५० प्रतिशत छुट दिने योजना रहेको छ । घरेलु, स्टार्ट अप र फरक क्षमताका व्यवसायी, उद्यमीको उत्पादन, उद्यम र मेहनतलाई प्रवद्धन र व्यवसायीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ छुटको अफर ल्याइएको आयोजकले जानकारी दिए। 

एक्स्पोमा १ सय १३ स्टलहरु रहने छ। त्यस्तै, स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने समेत आयोजकले जानकारी दिए। एक्स्पो प्रदर्शनीमा १० करोडभन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...