News Portal

  • मोरङको रंगेली नगरपालिकाले हात्तिपाइले रोग सम्बन्धि गोष्टी सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२५ पटक

    रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने भएको छ ।

    रंगेली नगरपालिकामा हालसम्म ३५ जनालाई हात्ती पाईले रोग लागेको हुनाले अब नगरवासिलाई हात्ती पाईले रोग नलागोस् भन्ने उदेश्यले   नगरलाई हात्तीपाईले रोग मुक्त बनाउन अभियान सुरु गरेको हो ।  

    नगरको सभाहलमा भएको एक दिने गोष्ठीमा हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७९ सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गर्न नगरवासिलाई विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो । रंगेली नगरका मेयर दिलिप बगडियाले योजना सहित वडा स्तरमा गएर वडाअध्यक्ष, सदस्य, सम्बन्धित स्वास्थ्य शाखा, राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको नगर प्रमुखले अभियान सफल हुने कुरा समेत बताए । 

    गोष्टीमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडाअध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं, वडासदस्य देवमणी कटुवाल, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मण्डल स्थानीय बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो ।  आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने अभियानमा यसपटक नगरका विभिन्न ९ वटा वडामा रहेका स्वास्थ्य शाखा मार्फत स्वयंसेवक गाउँमा खटाएर  कार्यक्रम प्रभावकारी बनाउन लागिएको स्वास्थ्य शाखले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...