News Portal

मोरङको रंगेली नगरपालिकाले हात्तिपाइले रोग सम्बन्धि गोष्टी सम्पन्न

हिमालीसंचार संवाददाता
१८६ पटक

रबिन्द्र बराल/मोरङ – “अभियानमा कोही नछुटौं, कोही नदोहोरौ औं , हात्तीपाईले रोग मुक्त बनाऔं । औषधी सेवन अभियान भव्य रुपमा सफल पारौं” भन्ने मुल नाराका साथ राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम रंगेली नगरपालिकाले सुरु गर्ने भएको छ ।

रंगेली नगरपालिकामा हालसम्म ३५ जनालाई हात्ती पाईले रोग लागेको हुनाले अब नगरवासिलाई हात्ती पाईले रोग नलागोस् भन्ने उदेश्यले   नगरलाई हात्तीपाईले रोग मुक्त बनाउन अभियान सुरु गरेको हो ।  

नगरको सभाहलमा भएको एक दिने गोष्ठीमा हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७९ सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गर्न नगरवासिलाई विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो । रंगेली नगरका मेयर दिलिप बगडियाले योजना सहित वडा स्तरमा गएर वडाअध्यक्ष, सदस्य, सम्बन्धित स्वास्थ्य शाखा, राजनीतिक दल, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको नगर प्रमुखले अभियान सफल हुने कुरा समेत बताए । 

गोष्टीमा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , वडाअध्यक्ष रामचन्द्र मंण्डल, भरत प्रसाईं, वडासदस्य देवमणी कटुवाल, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, भुपेन्द्र मण्डल स्थानीय बुद्धिजीवी लगायतको सहभागीता रहेको थियो ।  आगामी फागुन ११ गतेदेखि सञ्चालन हुने अभियानमा यसपटक नगरका विभिन्न ९ वटा वडामा रहेका स्वास्थ्य शाखा मार्फत स्वयंसेवक गाउँमा खटाएर  कार्यक्रम प्रभावकारी बनाउन लागिएको स्वास्थ्य शाखले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...