News Portal

बुढासुब्बा टुबोर्ट गोल्डकपको २३औं सस्करण फागुन १३ गतेदेखि आयोजना हुने (भिडियो सहित )

हिमालीसंचार संवाददाता
२७६ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा रहेको धरान फुटबल क्लब धरानले २३औं बुढासुब्बा टुबोर्ग गोल्डकप आगामी फागुन १३ गतेदेखि २० गतेसम्म आयोजना गर्ने भएको छ।

धरान फुटबल क्लबले आईतबार धरान-१२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन १३ गतेदेखि धरान-१६ स्थित क्षेत्रीय रंगशालामा २३औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका हुन्। 

उक्त प्रतियोगितामा क्यामरुन, बंगालादेश, भारत सहित नेपालका विभिन्न क्लब सहित आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। यो संस्करणमा आयोजक धरान फुटबल क्लब, केविपिएस बंगालादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लव, बागमति युवा क्लब, केएफटिसी झापा, एन्फा मोरङ लगायदको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्। 

बुढासुब्बा फुटबल खेलका विजेताले नगद १० लाख सहित ट्रफी, उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्ने छ। त्यस्तै, म्यान अफ दि म्यच धोषित खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले समेत जनही २५ हजार पुरस्कार प्राप्त गर्ने छन्। 

  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...