News Portal

प्रदेश स्तरीय अल्फा विटा अन्तर कलेज बास्केटबल प्रतियोगिता खेलमा चार टीम सेमी फाइनल प्रवेश (फोटो फिचर)

विकास चाम्लिङ राई
४३३ पटक

धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबलको प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल  प्रबेश गरेका छन ।

सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाइ ५४-३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाइ ४२-२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन । 

खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२-६, १३-८, १२-५ र १७-११ अंक जोडेका थिए । त्यस्तै, दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६-३, ६-३, ११-८ र १९-८ अंक जोडेका थिए ।

पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक ब्यक्तिगत जोडेका छन । 

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुषतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद २ हजार ५ सय र हाइस्कोररले जनहि २ हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भोली मंगलवारदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड बिच प्रतिस्पर्धा हुनेछ ।फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वाञ्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...