News Portal

  • प्रदेश स्तरीय अल्फा विटा अन्तर कलेज बास्केटबल प्रतियोगिता खेलमा चार टीम सेमी फाइनल प्रवेश (फोटो फिचर)

    विकास चाम्लिङ राई
    ३५१ पटक

    धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबलको प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल  प्रबेश गरेका छन ।

    सोमबार भएको क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाइ ५४-३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाइ ४२-२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रबेश गरेका हुन । 

    खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वाटरमा १२-६, १३-८, १२-५ र १७-११ अंक जोडेका थिए । त्यस्तै, दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६-३, ६-३, ११-८ र १९-८ अंक जोडेका थिए ।

    पहिलो क्वाटरफाइनल खेलमा राष्ट्रिय जनसेकका अस्मिल राइले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक ब्यक्तिगत जोडेका छन । 

    अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुषतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

    त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद २ हजार ५ सय र हाइस्कोररले जनहि २ हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    भोली मंगलवारदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा सिटि कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी र दोस्रो सेमिफाइनल खेल धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड बिच प्रतिस्पर्धा हुनेछ ।फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वाञ्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच हुनेछ । प्रतियोगिताको सम्पुर्ण खेल धरान-१६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...

    प्रचण्डद्वारा उच्च पदस्थको सम्पत्ति छानबिनको माग दोहोर्याइयो

    काठमाडौं, २३ मंसिर – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ पछि उच्च पदमा पुगेका सबै व्यक्तिहरूको...

    राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

    काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने...

    ठेकेदारको ढिलाइले विकासमा बाधा, मन्त्री घिसिङ चिन्तित

    ललितपुर, मंसिर २३ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री...

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...