News Portal

प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल; धरान मेघा र सियोन महिला टिम फाइनल प्रवेश

हिमालीसंचार संवाददाता
३८४ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पब्लिक हाइ स्कुललाई ३४-७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । त्यस्तै,  सियोन र केन्द्रिय प्रविधि क्याम्पस  हात्तिसार कलेज बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तिसारलाई ९-७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित बनाएका थिए । 

धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८-०, १०-२, ५-० र ४-२ अंक जोडे भने सियोन र हात्तिसार कलेजले २-०, ०-३, ५-२ र २-२ अंक जोडेका थिए ।

सोही दिन भएको पुरुष तर्फ भएको क्वाटर फाइनल खेलमा सिटि कलेजले लोटस स्कुललाइ ३०-२४ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन। खेलमा खेलमा सिटि र लोटसले प्रत्येक क्वाटरमा ८-२, ७-११, ३-४ र १२-७ अंक जोडेका थिए । आइतबार भएको खेलमा धरान मेघाका तनु राइले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मन्डलले ११ अंक ब्यक्तिगत जोडे ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भोली सोमबार हुने पहिलो क्वाटर फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वाञ्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच प्रतिस्पर्धा हुनेछ ।  कलेजखेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन र सिटि कलेज सेमिफाइन प्रवेश गरिसकेका छन । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...