News Portal

प्रदेश १ स्तरिय अल्फा विटा अन्तर कलेज बास्केटवल; धरान मेघा र सियोन महिला टिम फाइनल प्रवेश

हिमालीसंचार संवाददाता
३४१ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रवेश गरेका छन्।

आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पब्लिक हाइ स्कुललाई ३४-७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । त्यस्तै,  सियोन र केन्द्रिय प्रविधि क्याम्पस  हात्तिसार कलेज बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तिसारलाई ९-७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित बनाएका थिए । 

धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८-०, १०-२, ५-० र ४-२ अंक जोडे भने सियोन र हात्तिसार कलेजले २-०, ०-३, ५-२ र २-२ अंक जोडेका थिए ।

सोही दिन भएको पुरुष तर्फ भएको क्वाटर फाइनल खेलमा सिटि कलेजले लोटस स्कुललाइ ३०-२४ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन। खेलमा खेलमा सिटि र लोटसले प्रत्येक क्वाटरमा ८-२, ७-११, ३-४ र १२-७ अंक जोडेका थिए । आइतबार भएको खेलमा धरान मेघाका तनु राइले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मन्डलले ११ अंक ब्यक्तिगत जोडे ।

अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै, व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भोली सोमबार हुने पहिलो क्वाटर फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वाञ्चल इन्जिनियर कलेज र बिर्तामोड झापा बिच प्रतिस्पर्धा हुनेछ ।  कलेजखेल पुरुष तर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । प्रतियोगितामा पुरुष तर्फ धरान मेघा हिमालयन र सिटि कलेज सेमिफाइन प्रवेश गरिसकेका छन । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...