News Portal

  • मोरङको रंगेलीमा अतिवितपन्न परिवारलाई व्यवसाय गर्ने सामाग्री वितरण

    हिमालीसंचार संवाददाता
    ९६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका भित्र रहेका  अतिविपन्न परिवारका महिलाहरुलाई आत्मा निर्भर गर्ने उदेश्यले उपमेयर उद्घमशिल कार्यक्रम अन्तर्गत सामाग्री बितरण गरेका छन ।

    नगरभित्र बसोबास गर्दे आएका गरिव, एकल महिला तथा अतिविपन्न परिवारले आफ्नो परिवारलाई पालनपोषण गर्नका लागि हाटबजार, सडक पेटी लगायतका स्थानमा सानो व्यापार गरेर दैनिकी जिवनयापन गर्दे आईरहेका छन ।  

    उनाहरुले भक्का, आलुचप जस्ता व्यापार गरिरहेता पनि उनीहरुले पकाउनका लागि प्रयोगमा ल्याएको सामग्रीहरु पुरानो, फुटेका र कामै नलाग्ने गरी प्रयोगमा ल्याएपछि नगरले उनीहरुलाई केही राहत होस् भन्ने उदेश्यले १ देखि ९ वटा सबै वडाका अतिबिपन्न परिवारलाई बाल्टिन, जग, आरी, बटुका, गिलास र हड्केश बितरण गरेका छन। 

    वडा नम्बर ७ को प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे  सामग्री बिक्रीवितरण गरेको हो । महिला उद्यमीहरुलाई उपमेयर भुमा पराजुली , वडाअध्यक्ष रामचन्द्र मंण्डल, वडासचिव सर्मिला ठाकुर वडासदस्य देवमणी कटुवाल, अन्पुर्ण मण्डल, रुपा बिश्वकर्मा, स्थानीय पुर्सोतम काफ्ले लगायतले उक्त सामाग्री बितरण गरेका छन । 

    रंगेली- ७ स्थित पिपल चोकमा बर्षदिनदेखि भक्का, आलुचप व्यवसाय गर्दे आईरहेकी विन्दि देवी मण्डलका अनुसार आफुहरुलाई नगरले  आत्मनिर्भरका लागि व्यापार गर्ने सामाग्री बितरण गरेको र आफ्नो आत्माबल समेत बढेको बताइन्।आगामी दिनहरुमा समेत यसरी नगरले यस्तो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरेकी छन 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...