News Portal

मोरङको रंगेलीमा दलित महिलाहरुलाई उद्यमी बनाउन ७ दिने सिलाई कटिङ तालिम

हिमालीसंचार संवाददाता
१९० पटक

रबिन्द्र बराल/मोरङ –  “स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले सात दिने सिलाई कटिङको तालिम सुरु गरेको छ ।

नगरले सबै वडाका दलित महिलाहरुलाई केही सीप सिकाएर  आत्मानिर्भर बनाउने उदेश्यले फाल्गुन १ गतेदेखि ८ गतेसम्म सिलाई कटिङ तालिमको आयोजना गरेको हो । 

रंगेली ७ स्थित तालिम केन्द्रको भवनमा दलित महिलाहरुले आफ्नो घर व्यवहार मात्रै नभए र केही सीप सिकेर आफ्नै खुट्टमा उभिएर केही गर्ने सकुन भन्ने उदेश्यका साथ नगरका २० जना दलित महिलाहरुलाई यस्तो कार्यक्रम प्रदान गरिएको हो। दलित महिलाहरु घरमा मात्रै सिमित नभए र आफ्नो क्षमता अनुसार केही रोजगारी गर्ने सक्छन भन्ने  उदेश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको रंगेली नगरपालिका उपमेयर भुमा पराजुलीले बताईन ।

सिलाई कटिङ तालिम पछि उनीहरुलाई थप उद्यमशिल बनाउन साता दिनको मात्रै नभएर अझै राम्रो गर्ने सकेमा प्रभावकारी रुपमा अगाडि बडाउन आफुहरुले सहयोग गर्दे जाने र मेसिनको पनि व्यवस्थापन गरेर अगाडि बडने पराजुलीले बताईन ।   

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको आयोजना तथा रंगेली नगरपालिकाको सहकार्यमा कार्यक्रम गरिएको हो। नगरले दलित महिलाहरुलाई यस्तो कार्यक्रमले घरमा मात्रै नभए र आफूहरुले समेत सिपसिकेर केही गर्ने सकिन्छ भन्ने बाटो देखाएको हुदा आफूहरु खुशी भएको सहभागीहरुले बताए । 

आयोजित कार्यक्रममा उद्यम विकास सहजकर्ता पवन रावल र निर्जला विश्वकर्माले प्रशिक्षक दिएका थिए । सहभागीहरुलाई  सिलाई कटिङमा सुरुमा गर्नुपर्ने काम र कर्तव्यका बारेमा  जानकारी समेत गराएका थिए 

प्रतिकृया दिनुहोस्

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...