News Portal

प्रदेश १ अल्फा विटा अन्तर कलेज बास्केटवलमा १८ टिमले सहभागिता जनाउने

विकास चाम्लिङ राई
३३५ पटक

विकास चाम्लिङ राई/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएको छ ।

यहि फागुन ५ गतेदेखि सुरु हुने प्रतियोगितामा महिला तथा पुरुष गरी १८ टिमले सहभागिता जनाउने मंगलवार धरान १८ स्थित दिल्ली ढावामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी गराएका छन । 

प्रदेश १ भरीबाट पुरुष तर्फ १२ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएको हो । सहभागी कलेजहरुमा धरान मेघा हिमालयन कलेज महिला पुरुष टिम, डिपोट स्कुल महिला पुरुष, केन्द्रिय प्रविधि क्याम्पस हातिसार महिला पुरुष, युएन कलेज महिला पुरुष, पव्लिक हाइ स्कुल, सियोन स्कुल, लोटस स्कुल, सिटि कलेज, इन्जिनियर कलेज, एम्स नेसनल कलेज, विकेभिएम विराटनगर, झापा विर्तामोड र राष्ट्रिय जनसहयोग कलेज तरहरा इटहरी रहेको छ। 

बास्केटबल खेलको पर्वद्धन तथा बास्केटवल खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले पत्रकार सम्मेलनमा वताए । प्रतियोगिताको छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

त्यस्तै, छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला तथा पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोरले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ ।  कम्पिटिसनका विजेताले जनहि नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थी्र पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन। 

धरान २ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार हर्ष सुव्वा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अल्फा विटा म्यानेजिङ्ग डाइरेक्टर सन्जिव राई, अध्यक्ष लोकेन्द्र श्रेष्ठ, प्रदेश १ पुरुष टिम क्याप्टेन विवेक श्रेष्ठ, वास्केटवल संघका प्राविधिक युगल लिम्वु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...