News Portal

भाेट माग्दा दिएकाे अास्वासन पूरा : आँखा नदेख्नेलाई नगर प्रमुखबाट मासिक रु २ हजार

हिमाली संचार संवाददाता
६७१ पटक

नुवाकोटको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु २ हजार उपलब्ध गराउने भनी उम्मेदवार रहँदा जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुभएको छ ।

प्रमुख पण्डितले विदुर नगरपालिका–९ लामाटारका दुवै आँखा नदेख्ने कृष्णबहादुर नेपालीलाई मासिक रु २ हजार रकम आफू जनप्रतिनिधि भएपश्चात हालसम्मकाे अवधिको एकमुष्ट रुपमा उपलब्ध गराउनुभयो । उहाँले प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट अहिलेसम्म १५ महीनाको रु ३० हजार दुवै आँखा नदेख्ने नेपालीलाई उपलब्ध गराउनुभयो ।

“यो सेवा आफू जनप्रतिनिधि रहुन्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु,” उहाँले भन्नुभयो, “अब निरन्तर मासिक रुपमा रकम उपलब्ध गराउनेछु ।”

जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुबा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ । “सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो,” नेपालीले भन्नुभयो, “मेयरले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।” न्युज24नेपाल

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...