News Portal

  • मोरङको रंगेलीमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर साथै न्यानो कम्बल वितरण

    हिमालीसंचार संवाददाता
    १२६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ४ चोप्राह स्थित वडा कार्यालयमा जेष्ठ नागरिकहरुलाई एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन तथा न्यानो कम्बल वितरण गरियो।   

    “सुरक्षित सीमा सुरक्षित जीवन” जेष्ठ नागरिक लक्षित आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपचार शिविर तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। 

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र वडा कार्यालयको समन्वय र नोबेल अस्पताल विराटनगरको सहकार्यमा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक लक्षित १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका थियो। आयोजित कार्यक्रममा बृद्धहरुलाई न्यनो कम्बल वितरण गरिएको थियो। 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सातौ शाखा अधिकृत चुडामणी गुरागाई र निर्मल मानन्धर, वडाध्यक्ष अवधेश मण्डल, लागायतको समेत उपस्थिति रहेको थियो ।

    उक्त शिविरमा नोबेल अस्पतालका डाक्टरहरुद्वारा सुगर, प्रेसर लगायतको चेकजाँच समेत गरिएको थियो। शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराउनुका साथै १ सय  ५१ जना बृद्धहरुलाई कम्वल वितरण गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...

    छाउगोठमा सर्पले टोकेर कञ्चनपुरकी महिलाको मृत्यु

    कैलाली, असार २९ – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले टोकेपछि मृत्यु...