News Portal

मोरङको रंगेलीमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर साथै न्यानो कम्बल वितरण

हिमालीसंचार संवाददाता
१९६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ४ चोप्राह स्थित वडा कार्यालयमा जेष्ठ नागरिकहरुलाई एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन तथा न्यानो कम्बल वितरण गरियो।   

“सुरक्षित सीमा सुरक्षित जीवन” जेष्ठ नागरिक लक्षित आधारभूत स्वास्थ्य सेवा नि:शुल्क उपचार शिविर तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र वडा कार्यालयको समन्वय र नोबेल अस्पताल विराटनगरको सहकार्यमा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिक लक्षित १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच गराएका थियो। आयोजित कार्यक्रममा बृद्धहरुलाई न्यनो कम्बल वितरण गरिएको थियो। 

आयोजित कार्यक्रमको प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सातौ शाखा अधिकृत चुडामणी गुरागाई र निर्मल मानन्धर, वडाध्यक्ष अवधेश मण्डल, लागायतको समेत उपस्थिति रहेको थियो ।

उक्त शिविरमा नोबेल अस्पतालका डाक्टरहरुद्वारा सुगर, प्रेसर लगायतको चेकजाँच समेत गरिएको थियो। शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराउनुका साथै १ सय  ५१ जना बृद्धहरुलाई कम्वल वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...