News Portal

  • स्वतन्त्र नागरिक समाजको अभियानमा जोडिए धरान रेडिमेट व्यापार संघ (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७७ पटक

    धरान – धरान उपमहानगरपालिका धरानमा स्वतन्त्र नागरिक समाज धरानले ११औं सप्ताह भोनुचोक केन्द्रित सरसफाई कार्यक्रममा नगरमा गठीत धरान रेडिमेट व्यापार संघ धरानले समेत आफ्नो सहभागिता जनाएको छ। 

    स्वतन्त्र नागरिक समाज धरानले हरेक विहिबार साझ ६ बजेदेखि ८ बजेसम्म दुई धण्टा सचेतना स्वरुप भानुचोकमा रहेको  बसपार्क, शौचालय स्टलहरु लगायतका सार्वजनिक स्थानहरुमा सरसफाई अभियान संचालन गर्दै आएको ११औं हप्ता भएको छ। समाजको सरसफाई अभियानमा धरान रेडिमेट व्यापार संघ धरानको सम्पूर्ण कार्यसमितिले आफ्नो सहभागिता जनाएका थिए। 

    धरान रेडिमेट व्यापार संधले स्वतन्त्र नागरिक समाज धरानलाई सरसफाईका सामाग्रीहरु समेत प्रदान गरेको समाजका सदस्य मनकुमार राईले बताए। त्यस्तै, धरान -११ की सकुन्तला राईले ११औं सरसफाई अभियानका लागि फेसमाक्स र हेन गोल्ब सहयोग गर्नु भएको समेत राईले जानकारी दिए। 

    धरानको भानुचोक परिसरमा माइक सहित सरसफाई गरेका समाजको अभियानमा डोटीका युवा समेतले सरसफाई अभियानमा सहभागिता जनाएका समाजका सदस्य राईले बताए। मेयर साम्पाङको खुलेर प्रशंसा गरेका राईले नगरमा अभियान मार्फत धरानको उचाइ बढ्दै गएको भन्दै खुशी व्यक्त गरे। 

    त्सस्तै, स्वतन्त्र नागरिक समाजका सक्रिय सदस्य रामप्रसाद राईले आफ्नो घरको आगन जस्तै चिटिक्क भोनुचोकको सार्वजनिक स्थल सफा देखिदा खुशी लागेको बताए। तर, एक हजार जना बराबर एक जना व्यक्तिले सफाई गर्नु पर्ने अध्ययनले देखाएको भन्दै सबैले आफ्नो कर्तव्यबाट विमुख नहुन आग्रह गरे। 

    भानुचोकमा माईकिङ गरी रहेका समाजका सक्रिय सदस्य राईले हामीले गरेको कामको सफलता भएको बताए। तर, पूर्ण सफलता होइन, अझ व्यापक सुधार ल्याउनु छ। यसरी एउटा समुहले, एउटा व्यक्तिले सफाई गरेर साध्य हुदैन। राज्यको स्तर यो स्तरसम्म पुग्न जरुरी छ। हामीले राज्यलाई दिएको योगदान हो उनले भने।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...