News Portal

  • मुलुकको विभिन्न जिल्लाहरुमा खटिए नौं महिला सिडिओ

    हिमालीसंचार संवाददाता
    ३७८ पटक

    काठमाडौं – मुलुकको विभिन्न जिल्लाहरुमा एकै पटक नौं जना प्रमुख जिल्ला अधिकारीको रुपमा महिला सिडिओ खटिएका छन् । गृह मन्त्रालयका अनुसार तीन जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिवहरुलाई महिला सिडिओ खटाइएको हो।

    गृह मन्त्रालयका अनुसार उपसचिवहरुमा पुर्वाञ्चलको ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको हो। धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको हो।  

    त्यस्तै, सहचिवहरुमा सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ खटाइएको छ। आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको छ । 

    सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुगेकी छिन् । उनी यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत छिन् । यसअघि उनी भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत थिइन् । 

    जितेन्द्र बस्नेत, प्रवक्ता, गृह मन्त्रालय: उहाँहरू लामो समय मन्त्रालय, विभागतिर हुनुहुन्थ्यो । मापदण्ड पुगेका र सक्षम महिला पनि सिडिओ बन्न सक्नुहुन्छ । पछिल्लो समय मन्त्रालयले सिडिओमा महिलाको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्न खोजेको छ । यसले ‘जब रोटेसन’ र फरक अनुभव मात्र होइन महिलाहरूको नेतृत्व विकास र लैंगिक समानतामा पनि सहयोग पुग्छ ।

    ०४७ मा पहिलोपटक महिला सिडिओ बनेकी थिइन् उषा नेपाल सिडिओमा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, ३२ वर्षअघि नै सिडिओ बनिसकेकी थिइन्, उषा नेपाल । बहुदलपछि ०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन् । सिडिओमा महिलाको प्रतिनिधित्व भएको यो पहिलोपटक थियो । उनी ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङको प्रमुख जिल्ला अधिकारी भइन् । निजामती सेवाबाट सेवानिवृत्तपछि उनी निर्वाचन आयोगको आयुक्तसमेत नियुक्त भएकी थिइन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...