News Portal

  • मोरङको रंगेलीमा प्रहरी श्रीमति संघ र नगरपालिकाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    हिमालीसंचार संवाददाता
    १२७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा स्थित १ नं प्रदेश प्रहरी श्रीमती संघले फर्साडाँगीमा रहेको पार्वती माध्यमिक बिधालयमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 

    आयोजित शिविरमा दर्वेशा, दोहमना, सखुवाथान लगायत स्थानका बृद्ध, महिला, बालबालिकाहरुले स्वास्थ्य चेकजाँच गराएका थिए ।  १ नम्वर प्रदेश प्रहरी श्रीमती संघ र रंगेली नगरपालिकाको संयुक्त आयोजना तथा बिराट नर्सिङ होम प्राईभेट लिमिटेडको सहकार्यमा  आँखा, दाँत, प्रसुति सेवा,  छाला रोगहरुको उपचार गर्नुका साथै  प्रेसर र सुगरको समेत चेकजाँच गरिएको थियो । 

    आयोजित कार्याक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलीप बगडिया,  उप-प्रमुख भुमा पराजुली, १ नं प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष सिता ज्ञावली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी  उपरीक्षक दिपक पोखरेल, इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने र रंगेली नगरका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । आयोजित शिविरमा करिब ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए। उक्त शिविरमा बिराट नर्सिङ अस्पतालका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...