News Portal

मोरङको रंगेलीमा मिनिल्याण्ड बोर्डिङ स्कुलले स्पोर्टस् मिट प्रतियोगिता सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
२२९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल रंगेलीले बिधालयमा अध्ययनरत विधार्थीहरुलाई खेलकूदको आयोजना गरी भव्य सम्पन्न गरेको छ।

विद्यालयले हरेक वर्ष आफ्ना विधार्थीहरुलाई पढाइको अलवा अतिरिक्त विभिन्न खेलकूद तथा क्रियाकलापमा सामेत गराउदै आएको छ। यस्ता खेल आगामी दिनहरुमा समेत निरन्तरता दिने र विद्यार्थीको चौतर्फी हित र प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विधायलयले जनाएको छ।

विद्यार्थीको तह र कक्षागत आधारमा खेलकूद सञ्चालन गरेका थिए । नर्सरीदेखि १० कक्षासम्मका बिधार्थीहरुलाई स्पोर्टस मिट खेलमा १ सय  र २ सय मिटर दौड, हाईजम्प, लङ्कजबी,  रिले, भित्र बाहिर, हिसाब दौंड र सियो धागो लगायतका खेलको आयोजना गरेका थिए ।

आयोजित प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।बिधालयले मोरङ प्याब्सनले माघ ६ देखि ८ गतेसम्म मोरङ  प्याव्सन विराटनगरमा भएको स्पोर्टस् मिट खेलमा रंगेली नगरपालिकाबाट विभिन्न बिधालयहरुको सहभागिता रहेको मध्ये  मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले समेत ८ सय मिटर दौडमा कक्षा ९ मा अध्ययनरत छात्र सन्तोष सहनी, दुई सय  किलोमिटर दौडमा कक्षा ११ मा अध्ययनरत छात्र दिपक सरदार र हाई जम्पमा कक्षा ९ मा अध्ययनरत छात्रा जेसिका विष्टले तीन स्वर्ण जित्न सफल भएको थियो। 

खेलकूदमा बिधार्थीहरुले आगामि दिनमा समेत थप खेललाई अग्रस्थान राख्दै जान सक्ने विश्वास बिधालयको प्रिन्सिपल बिकर्ण कार्कीले बताए। विद्यालयले लिएको त्रैमासिक परीक्षाको नतिजा समेत सार्वजनिक गर्दै खेलकूद आयोजना गर्नुका साथै पढाइमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...