रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्यले रंगेली नगरपालिकामा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
रंगेली नगरपालिकाको सभाहलमा न्यायिक समितिले गर्ने काम र क्षमता अभिवृद्धि गर्ने उदेश्यले नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजकहरुलाई सहभागिता गराएको थियो।
आयोजित कार्यक्रममा मेलमिलाप समितिको संयोजक उपमेयर भुमा पराजुली, उजुरी प्रशासक प्रमुख पशुपतिलाल दास, मेलमिलाप केन्द्रका सदस्य कमल प्रसाद राजवंशी, रूपा विश्वकर्मा, मनोज कुमार साह, खेमराज अधिकारी, तेजन लाल मण्डल, कैलाश प्रसाद मण्डल, मचिन्द्र कटुवाल, कार्यपालिका सदस्य यशोदा कोइराला लगायत ९ वडाका न्यायिक समितिको समेत उपस्थिति रहेको थियो ।
वरिष्ट अधिवक्ता रुकमिणा दाहालले न्याक समितिले आगामी दिनहरुमा अझै आम जनताको लागि मेलमिलापबाटै समस्याको समाधान गर्ने समेत सुझाव दिएकी छिन ।