News Portal

धादिङको धुनिवेशी स्कुलको खेलकुद सप्ताह सकियो

हिमालीसंचार संवाददाता
६६० पटक

धादिङ सुजन कडेल– धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी, धादिङमा खेलकुद सप्ताह सम्पन्न भएकाे छ। बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई राताे, हरियाे,निलाे र पहेँलो गरि चार समुहमा बिभाजन गरि खेलकुद गराइएकाे थियाे। उक्त कार्यक्रमकाे उद्घाटन तथा समापन समारोहकाे आतिथ्यता यसै विद्यालयका सञ्चालक सदस्य आदरणीय व्यक्तित्व समाजसेवी केदार पाठकले  गरेका थिए।                   

विद्यालयले हरेक वर्ष आफ्ना नानीबाबुहरुलाई पढाइको अलवा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएकाे र आगामी दिनहरुमा समेत निरन्तरता दिने कुरामा जाेड दिने कुरा व्यक्त गर्दै बिद्यालयकाे प्रशासनले यस किसिमको गतिविधिले विद्यार्थीकाे चाैतर्फि हित र प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने बताउनु भयाे।                                                                 

चार समुह बिचमा भएकाे कडा प्रतिस्पर्धामा करिब तीस किसिमको खेल समाबेश भएकाे थियाे। विद्यार्थीकाे तह र कक्षागत आधारमा खेलकुद सञ्चालन भएकाे थियाे।
अन्य तीन समुहलाई पछाडि पार्दै निलाे समूह धेरै स्पर्धामा विजयी हुँदै धुनिवेशी रनिङ शिल्डको उपाधी जित्न सफल भएको छ। निलाे समुहले यस किसिमको उपलब्धिले आफ्नाे टाेलिलाई थप प्रेरणा मिलेकाे र आगामी वर्ष पनि यही स्तरकाे खेलकुद प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकाे छ।                       

विद्यालयले एक भव्य कार्यक्रमकाे आयाेजना गरेर केही समय अघि लिएकाे द्वितिय त्रैमासिक परीक्षाकाे नतिजा समेत वितरण गर्दै खेलकुद सप्ताहमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेकाे छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...