News Portal

धादिङको धुनिवेशी स्कुलको खेलकुद सप्ताह सकियो

हिमालीसंचार संवाददाता
६०८ पटक

धादिङ सुजन कडेल– धुनिवेशी आवासीय माध्यमिक बिद्यालय धुनिवेशी, धादिङमा खेलकुद सप्ताह सम्पन्न भएकाे छ। बिद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई राताे, हरियाे,निलाे र पहेँलो गरि चार समुहमा बिभाजन गरि खेलकुद गराइएकाे थियाे। उक्त कार्यक्रमकाे उद्घाटन तथा समापन समारोहकाे आतिथ्यता यसै विद्यालयका सञ्चालक सदस्य आदरणीय व्यक्तित्व समाजसेवी केदार पाठकले  गरेका थिए।                   

विद्यालयले हरेक वर्ष आफ्ना नानीबाबुहरुलाई पढाइको अलवा अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएकाे र आगामी दिनहरुमा समेत निरन्तरता दिने कुरामा जाेड दिने कुरा व्यक्त गर्दै बिद्यालयकाे प्रशासनले यस किसिमको गतिविधिले विद्यार्थीकाे चाैतर्फि हित र प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने बताउनु भयाे।                                                                 

चार समुह बिचमा भएकाे कडा प्रतिस्पर्धामा करिब तीस किसिमको खेल समाबेश भएकाे थियाे। विद्यार्थीकाे तह र कक्षागत आधारमा खेलकुद सञ्चालन भएकाे थियाे।
अन्य तीन समुहलाई पछाडि पार्दै निलाे समूह धेरै स्पर्धामा विजयी हुँदै धुनिवेशी रनिङ शिल्डको उपाधी जित्न सफल भएको छ। निलाे समुहले यस किसिमको उपलब्धिले आफ्नाे टाेलिलाई थप प्रेरणा मिलेकाे र आगामी वर्ष पनि यही स्तरकाे खेलकुद प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकाे छ।                       

विद्यालयले एक भव्य कार्यक्रमकाे आयाेजना गरेर केही समय अघि लिएकाे द्वितिय त्रैमासिक परीक्षाकाे नतिजा समेत वितरण गर्दै खेलकुद सप्ताहमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...