News Portal

धरानमा दोस्रो प्रदेश स्तरीय अल्फाविटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता हुदै (भिडियो सहित)

बिकास चाम्लिङ राई
३२५ पटक

बिकास चाम्लिङ राई/धरान – धरानमा दोस्रो प्रदेश स्तरीय अल्फाबिटा अन्तर कलेज छात्रछात्रा बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ । 

सोही प्रतियोगितासँगै पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलको प्रायोजनमा “थ्री-पोइन्ट” प्रतिस्पर्धा समेत हुने जानकारी गराइएको छ । 

छात्रतर्फ १२ टिम र छात्रातर्फ ८ टिम सहभागी हुने प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटालगायतका जिल्लाबाट प्रतिनिधित्व हुने प्रतियोगिताका संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । 

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै धरान बास्केटबल एशोसिएसन प्रतियोगिताले बास्केटबल खेल र खेलाडीलाई व्यावसायिक बनाउन सहयोग पुर्याउने जानकारी दिएको छ । प्रतियोगिताका छात्रतर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समेत आयोजकले जानकारी दिए। 

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी, हाइस्कोरर र उदयीमान खेलाडीले दुबै विधातर्फ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगिताको थ्री-पोइन्ट स्पर्धातर्फ दुबै विधाका विजेताले नगद ३ हजार जनही प्राप्त गर्नेछन् । 

धरानस्थित शैक्षिक परामर्श केन्द्रका रुपमा स्थापित अल्फाबिटाले प्रदेश स्तरीय यो प्रतियोगिताको प्रायोजन गरेको छ भने महिलातर्फको रनर अपको प्रायोजन पूर्व खेलाडी महेश श्रेष्ठले नगद १० हजार प्रदान गरेका छन् भने थ्री-पोइन्टको प्रायोजन पूर्व बास्केटबल खेलाडी तथा गायक प्रकाश पौडेलले गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...