News Portal

धरान मेघा हिमालयन कलेजले च्याम्पिन विद्यार्थी र प्रशिक्षकलाई सम्मान गऱ्यो

हिमालीसंचार संवाददाता
५१७ पटक

बिकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले विभिन्न प्रतियोगितामा विजेता आफ्नो विद्यार्थी खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

धरान मेघा हिमालयन कलेजले मंगलवार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरु माझ खेलाडि र प्रशिक्षकहरुलाई सम्मान गरेका हुन् । कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयोजना भएका बास्केटवलका पुरुष टिम बिजेता तथा महिला टिम उपविजेता, फुटवल खेल विजेता, टेवलटेनिस विजेता, भलिवल तर्फ उपविजेता पुरुष टिम, वक्तित्वकला दास्रो, व्याडमिन्टनमा तोस्रो र नृत्य तर्फका चौथो हुने विद्यार्थीहरुलाई सम्मान गरेका हुन । 

त्यस्तै, किरात नया वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ ओपन बास्केटवल च्याम्पियन महिला बास्केटवल टिम, होलिल्याण्ड बास्केटवल च्याम्पियन पुरुष टिम, एन-प्याव्सन बास्केटवल च्याम्पियन पुरुष टिम, मेयर कप फुटवल च्याम्पियन, अखिल फुटवल कप च्याम्पियन, धरान उपमहानगर वक्तित्वकला च्याम्पियन, सुनौलो पुस्तकालय वक्तित्वकला दोस्रो हुने खेलाडिहरुलाई सम्मान गरेका थिए ।

कलेजले खेलाडिसंगै प्रशिक्षकहरुमा बास्केटवल प्रशिक्षक विवेक श्रेष्ठ, फुटवल प्रशिक्षक खेम गुरुङ, व्यवस्थापक विवेक पाण्डे, भलिवल प्रशिक्षक तुलाराम राई र नृत्य प्रशिक्षक दिवस श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको थियो। उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले अविर र खदा लगाएर सम्मान गरेका थिए ।

आयोजित कार्यक्रममा विजेता तथा उपविजेता खेलाडिहरुले कलेज र विद्यालयका विद्यार्थीहरुलाई आफुले जितेका ट्रफी र मेडल प्रर्दशन गर्दै खुशियाली मनाए । मेघा कलेजले शिक्षा संगै विद्यार्थीको इच्छा र क्षमता अनुसार अतिरिक्त क्रियाकलापलाई पनि उति नै महत्वका साथ अघि लाने अध्यक्ष कैलाश लिम्बुले बताए। मानव जीवनमा शिक्षा र स्वास्थ्य अनिवार्य रहेकोले खेलकूदले स्वास्थ्य रहन सहयोग पुऱ्याउने समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...