News Portal

  • धरानमा पाँचौ पुष्प व्यापार प्रदर्शन मेला हुदैं, पाँच सय भन्दा बढी प्रजातिका विरुवाहरुको प्रदर्शन हुने (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३०९ पटक

    धरान – “घर आगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल विरुवा वनाउ प्रदेश हराभरा” भन्ने मुल नाराका साथमा प्रदेश नं. १ स्तरीय धरानमा पाँचौ पुष्म व्यापार प्रदर्शन हुन लागेको छ।

    धरानमा पाँचौ पटक आयोजना हुन लागेको प्रदेश नं. १ स्तरीय पुष्प प्रदर्शनी मेला २०७९ धरानको पब्लिक हाई स्कुलमा आगामी माग २५ गतेदेखि २९ गतेसम्म लगातार पाँच दिनसम्म प्रदर्शन हुन लागेको हो। 

    गत बर्ष प्रदेश नं. १ को सुन्दर नगरी धरानमा नै पुष्प व्यापार प्रदर्शन भएको थियो। उक्त प्रदर्शनीमा स्वदेशी पुष्प व्यापारको उपभोक्ताहरुले अपेक्ष भन्दा राम्रो उत्साहजनक सहभागिता सहित अभिरुचिपूर्वक अवलोकन गरेका कारण यस बर्ष पनी पुष्प व्यापार प्रदर्शनी आयोजना गर्न लागेको अध्यक्ष खगेन्द्र पोख्रेलले जानकारी दिए। 

    पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्धर्नमा निरन्तर क्रियाशील बन्दैं गत ०४९ कार्तिक ३० गते स्थापना गरिएको फ्लोरिकल एशोसिएसन नेपालले पुष्प व्यवसायको व्यसायिक प्रवर्द्धनका लागि निरन्तर क्षेत्रिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दै आएको समेत जानकारी दिएका छन्। 

    प्रदेश नं. १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि माघ २९ गते लगातार ५ दिने पाँचौ प्रदेश नं. १ स्तरीय पुष्प प्रदरिशनी व्यापार मेला पर्यटकीय तथा सुन्दर नगरी धरानको पब्लिक हाइ स्कुलको खेल मैदानमा संचालन गर्न लागेको हो। 

    पुष्प प्रदर्शनी मेलामा अफिसियल स्टल १ वटा, प्रतिस्पर्धाका लागि १ वटा र ४८ वटा व्यावसायीक स्टल गरी ५० वटा स्टलहरु रहने फ्यानका अध्यक्ष पोख्रेलले जानकारी दिए। मेलमा मौसमी फूल,आलंकारीक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, विउविजन, कृषि औजार-उपकरण र विषादीहरु विक्री स्टलहरु रहने समेत गरी ५ सय भन्दा बढी प्रजातीका विरुवाहरु प्रदर्शनी हुने जानकारी दिए। 

    नेपालमा विस २०११ सालदेखि सामान्य रुपमा शुरु गरिएको पुष्प व्यवसाय ६९७ नर्सरी स्थापना, ६५ बढी पुष्प व्यवसायीहरुबाट करिब साढे २ अर्वको बार्षिक कारेबार हुने गरेको व्यवसायीमा ४० करोड बराबरको लगानी हुने गरेको छ।  पुष्प व्यवसायबाट २ हजार जना व्यक्तिहरुले रोगजार प्राप्त गरेका समेत जानकारी दिए। 

    धरानमा हुन लागेको पुष्प व्यापार मेलाबाट ५० हजार दर्शक तथा उपभोक्ताहरुले प्रत्येक्ष अवलोकन गर्ने साथै ७० लाख व्यवसायक कारोबार हुने अपेक्षा गरिएको प्रदर्दशनी मेला संयोजक रामकुमार राई (युमिनहाङ राई)ले जानकारी दिए। 

    पुष्प व्यापार मेलाको दोस्रो दिन सयपत्री फूलको उत्पादन वृद्धि सम्बन्धि धरान उपमहानगरपालिकाको सिफारिसमा प्रत्येक वडाबाट तीन जनालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...