News Portal

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रथम अधिवेशन धरानमा सम्मपन्न

हिमालीसंचार संवाददाता
२१० पटक

धरान – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ प्रदेश नं. १ को अधिवेशन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रथम प्रदेश भेला धरानमा सम्पन्न गरिएको छ।

प्रथम अधिवेशनमा विभिन्न जिल्लाका नेपाल सुनचाँदी व्यवसायका अध्यक्षहरुको उपस्थित रहेको थियो। उक्त अधिवेशनबाट १९ जना नयाँ कार्यसमितिको चयन समेत गरिएको छ।

अधिवेशनमा अध्यक्ष विसन शाक्य, उपाध्यक्ष राजेन्द्र विश्वक, माहासचिव प्रेमबहादुर विश्वकर्मा, सचिव गणेश कुमार विश्वकर्मा, कोषाध्यक्ष दुर्गाबहादुर विश्वकर्मा, कार्यकारी सदस्य गणेश विश्वकर्मा, टेकबहादुर.याङ्गदेन, गंगा राम शंकर, रामबहादुर विश्वकर्मा, शंकर ल्वागुन, रमेश घिमिरे, त्रिभुवन फुयाल, नविन मेन्याङ्गव, राजन कुमार विश्वकर्म, लालबहादुर रहपाल, प्रदिप गहतराज, वालकुमार शंकर र प्रतिमा श्रेष्ठ चयन भएका छन।                   

आयोजित कार्यक्रममा प्रमुख अथिति महासंघका उपाध्यक्ष केन्द्रीय प्रतिनिधि अमर नाथ गुप्ता विशिष्ट अथिति संघका सचिव निरबहादुर विक, विमल धमला विशेष अथिति सुनसरी उघोग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठले महासंघका केन्द्रीय सदस्य पुथ्वी विक लगायत अन्य अथितिको समेत उपस्थिति थियो। 

नेपाल सुनचाँदी कला व्यवस संघ, सुनचाँदी मञ्च नेपाललाई समेत समेटेर नेपाल सुनचाँदी रत्न तथा आभुषण माहासंघले सम्पूर्ण समस्या एकै किसिमको भएको त्यस्ता समस्या हल गर्नेका लागि यो संघ बनेको सुनचाँदी व्यवसायीहरुलाई राज्यले हेर्ने नजर व्यबहार नकारात्मक भएकाले पनि व्यवसायीहरु मारमा परेको प्रमुख अथिति अमर नाथ गुप्ताले बताए । 

काठमाडौ उपत्यकामा भएको ७ संस्था र काठमाडौं वाहिर रहेका २१ संघ रहेका छन। तर, काठमाडौं बाहिरका व्यवसायीहरुलाई १ केजी मात्रै सुन ल्याउन दिने हुदा काठमाडौं बाहिरका सुनचाँदी व्यवसायी निकै मारमा परेको बताए। अब सुनचाँदि व्यवसायी पिडा, गुनासोहरुलाई बुझेर समस्या हल गर्ने व्यवसायीहरुलाई कच्चा पदार्थ ल्याउन निकै समस्या रहेको बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...