News Portal

धरानमा एक्स्टिम अफरोड प्रतियोगिता आगामी फागुन २० गते हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२५३ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा पहिलो पटक धरान  एक्स्टिम अफरोड प्रतियोगिता २०२३ आयोजना हुने ट्राथोलन धरानले जानकारी दिएका छन्।

आगामी फागुन २० गते धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ प्रतियोगिता हुने ट्राथोलन धरानले जानकारी दिएका हुन्। ट्रायथलन प्रतियोगिता गर्नका लागि धरानमा ठुलो पोखरी अभावका कारण द्धवाथलन प्रतियोगिता मात्र गर्न लागेको अध्यक्ष डा. समिर चौधरीले जानकारी दिए । 

आयोजकका अनुसार द्धवाथलनमा निश्चित दुरीमा साइक्लिङ र दौड प्रतियोगिता हुने छ । यो प्रतियोगिताले शारीरिक तथा मानसिक विकासमा मद्दत पुर्याउने उनको विश्वास रहेको छ। उक्त प्रतियोगिता धरान-१६ स्थित रंगशालाबाट शुरु हुने समेत जानकारी दिए। 

दर्ताका लागि माध ११ गतेबाट खुल्ला हुने छ। दर्ता शुल्क ५०० रहेको समेत आयोजकले जानकारी दिए। प्रतियोगितामा नेपालभरका महिला तथा पुरुष २ सय जना बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएका छन्। 

उक्त प्रतियोगितामा प्रथम, दोस्रो (महिला तथा पुरुष)लाई ३५ हजार २५ हजार र १५ हजार साथै जुनियर १० हजार ८ हजीर र ६ हजार नगद पुरस्कार र मेडल, प्रमाण पत्र प्रदान गरिने समेत जानकारी दिए। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...