News Portal

धनकुटा महोत्सवमा भिड अनियन्त्रित हुदा ३० जना धाईते, वीपी प्रतिष्ठानमा उपचार हुन नसकेको दुइ जना बच्चा विराटनगर (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२५१ पटक

धनकुमार राई/धनकुटा – धनकुटा महोत्सव गत माध ६ गतेदेखि जारी धनकुटा महोत्सवमा हिजो भएको अनियन्त्रित भीड दुर्धटनाले गम्भीर घाइते भएका बच्चाहरुको वीपी कोइराला स्वास्था विज्ञाप प्रतिष्ठान धरानमा उपचार दुइ जना विराटनगर लगिएको छ।

आयोजकको असावधानीले गर्दा भएको भागदौडमा ३० जना भन्दा धेरै घाइते भएका छन् भने दुइ जना बच्चा गम्भीर अबस्थामा रहेका श्रोतले बतायो। हिजो शनिबार धनकुटा महोत्सवमा चर्चित गायक प्रमोद खरेल धनकुटा महोत्सव आउँदा अत्याधिक भीडका कारण दुर्धटना हुन पुगेको हो। 

भागडौड हुदा ३० जना घाइते भएका मध्ये २ जनाको बालकको अबस्था चिन्ताजन रहेको मध्ये १६ जनाको उपचार वीपी प्रतिष्ठान धरानमा उपारका लागि ल्याइएको थियो । ६ जना बालकको बच्चा इमरजेन्सी डिपार्टमेन्ट वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ। 

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय धनकुटाले तत्कालै महोत्सव बन्द गर्न निर्देशन दिएको श्रोल बतायो । प्रशासनको आदेशपछि अन्योलमा रहेको आयोजक उद्योग बाणिज्य संघ भने  दिउँसो महोत्सव संचालन गर्ने पक्षमा रहेको बुझिएको छ। 

धनकुटा निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले अहिलेको अवस्थामा महोत्व गराउन उचित नभएको बताइन् । ‘अहिलेको अवस्थामा महोत्सव गर्न दिनु राम्रो होइन । त्यसकारण सर्वदलीय बैठक बोलाएका छौं । आजदेखि महोत्सव बन्द गर्छौ’ सर्वदलीय बैठकपछि मेला सम्बन्धि आवश्याक निर्णय लिने बताईन्। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...