News Portal

  • मोरङको रंगेलीमा सरस्वती पुजाको अबसरमा मिनिल्याडले किंस जोन स्थापना गऱ्यो

    हिमालीसंचार संवाददाता
    ११९ पटक

    रबिन्द्र बराल/मोरङ – तराई क्षेत्रमा धुमधामका साथ सरस्वती पुजा सम्पन्न भएको छ । मधेश क्षेत्रमा वसन्त ऋतुको सुरुवात  हुने मान्यता राखिन्छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट कम हुदै जाने र अब कोइलीको कुहुकुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरो सुरु हुने भएको छ।

    वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयाम छन्। यी संस्कार नेपालीपनका अभिन्न अंग मानिन्छन् । मधेशमा हलो, गोरु, माटो, बोट-बिरुवा, कुकुर लगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीका साथै आजको दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन  समेत मानिन्छ ।

     ब्रह्मा भिभर्त पुराणबाट सरस्वती माताको महिमा ‘ब्रह्मा भिभर्त पुराण’मा प्रस्ट रूपमा उल्लेख छ। जहा विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नु भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । 

    बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो नितो गरी सफा कपडा लगाएर – कलश स्थापना गरेर गणेश, विष्णु, शिव आदि देवताहरूको पुजा  अर्चना गर्ने गरिन्छ । सरस्वती पुजाको दिन  साना नानीहरूका निम्ति अक्षरारम्भ विशेष दिन समेत भएको धार्मिक विश्वास रहेको छ । 

    मोरङको सिमावर्ती क्षेत्र रहेका शैक्षिक संस्थाहरुमा बिधिवत रुपमा सरस्वती पुजा मनाएको छ। रंगेली, सुनवर्सी, रतुवामाई, धनपाल, लगायतका स्थानहरुमा सरस्वतीको माटोको प्रतिमा राखेर त कसैले फोटोमा सरस्वतीको बिधिवत रुपमा पुजा गर्ने प्रचलन छ ।  

    मोरङको रंगेली ७ मा रहेको मिनिल्याण्ड बोर्डिङ ईङ्लिस  स्कुलले सरस्वती पुजा भव्यताका साथ मनाएको थियो। बिधालयले स-साना बालबालिकाहरुलाई रमाइलो संग बिधालय आउने वातावरण बनाउने उदेश्यले बिधालय प्रांगणमा किंस जोनमा चिप्लेटी, पिङ, लगायतका सामाग्रीहरु राखेर बालबालिकाहरुलाई रमाइलो गराएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।

    विद्यालयहरूमा विशेष पूजा-आजाका साथ रमाइलो चहलपहल हुनुका साथै रंगीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादका रूपमा वितरण गरिएको थियो । विद्यार्थीहरूका लागि अर्को रौनकता भनेको सरस्वती पुजाको दिन विद्यालयको दैनिक पोसाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो रंगीन पोसाकमा विद्यार्थीहरूको लर्को धेरै विद्यालय परिसरमा देखिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...